निखिलले ‘भैरव रिटर्न्स’ बनाउने

nikhil_02काठमाडौं, ११ बैसाख । चलचित्र ‘भैरव’को प्रदर्शन पछि हौसिएका अभिनेता निखिल उप्रेतीले ‘भैरव रिटर्न्स’ बनाउन लागेका छन् । बजारको अवस्था र दर्शकको चाहनाभन्दा पनि कुन ट्रेन्ड चलेको छ भन्ने आधारमा नेपालमा चलचित्र निर्माण हुने गरेको टिप्पणीहरू आउँदै गरेका बेला उनले यस्तो सोच निर्माण गरेका हुन् ।

एक्सन चलचित्रको लहड आयो भने सबै यस्तै चलचित्र बनाउँछन् । केहीवर्ष अगाडि त नायिका नंग्याएर चलचित्र बनाउने होड चलेको थिए, सबै यसैको पछाडि दौडिए । अहिले नेपाली चलचित्रमा सिक्वेल बनाउने लहड चलिरहेको छ ।

अधिकांश चलचित्र निर्माताहरू नयाँ नाम खोज्ने झन्झटबाट मुक्त हुँदै ‘रिटर्न्स र २’ थपेर चलचित्र बनाइरहेका छन् । निर्देशक तुलसी घिमिरे समेत ‘दर्पण छायाँ २’को तयारीमा छन् । अब, नायक निखिल उप्रेतीलाई पनि सिक्वेलले छोएको छ । उनले १ वर्षअगाडि निर्देशन गरेको चलचित्र ‘भैरव’को पछाडि ‘रिटन्र्स’ थपेर चलचित्र बनाउने भएका छन् । वितरक गोपाल कायस्थले निखिलसँग मिलेर यो चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्रको निर्देशन भने निखिल उप्रेतीले नगर्ने बताइएको छ ।

निखिल ५ वर्षपछि ‘भैरव’मा अभिनय र निर्देशन गरेर चलचित्र क्षेत्रमा कमब्याक गरेका थिए । सिक्वेलको लहड नेपाली चलचित्रमा ‘नाई नभन्नु ल’ले भित्राएको हो । अहिले अधिकांश चलचित्र यसरी नै निर्माण भइरहेका छन् ।

प्रतिक्रिया