चाम्लिङलाई युगकवि पुरस्कार

pawan chamlingकाठमाडौं । सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवनकुमार चाम्लिङलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान गरिने भएको छ । युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष प्राडा मोहन लोहनीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ साहित्यकार चाम्लिङलाई नेपाली भाषा र साहित्यमा योगदान पु¥याएवापत सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्यकार चाम्लिङका ‘प्रारम्भिक कविता’, ‘अन्त्यहीन सपना : मेरो विपना’, ‘म को हुँ !’ कवितासंग्रह तथा ‘सिक्किम र नारीको मर्यादा’जस्ता कृति प्रकाशित छन् ।

युगकविको १०५औँ जन्मजयन्तीका अवसरमा आगामी ९ जेठमा उनलाई १ लाख रूपैयाँ बराबरको उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानले जेठ ८–१० गते विविध कार्यक्रम गर्ने निर्णयसमेत गरेको प्रतिष्ठानका प्रवक्ता रामबाबु सुवेदीले बताए । (सौस)

प्रतिक्रिया