भूकम्प प्रभावित जिल्लामा सर्वगायन

sarba gayan copyकाठमाडौं, २६ चैत । गायन कला भएर पनि विभिन्न कारणले त्यो कलालाई बाहिर ल्याउन नसकेका प्र्रतिभाहरूलाई सार्वजनिक गरी सामाजिक तथा सांगीतिक क्षेत्रको विकासमा योगदान पु¥याउन ‘सर्व गायन २०७३’ नामक राष्ट्रिय खुल्ला एकल गायन प्रतियोगिता हुने भएको छ ।

रक, पप, आधुनिक, लोक र राष्ट्रिय गरी सम्पूर्ण विधालाई समेटेर गरिन लागिएको प्रतियोगिताको पहिलो चरण भूकम्प प्रभावित जिल्लाहरूमा सञ्चालन गरिन लागिएको हो । जसको शुभारम्भ दोलखा जिल्लाबाट सुरु गरिनेछ । कार्यक्रम आयोजक तथा कार्यक्रम सञ्चालन समितिका श्रवणकुमार बस्नेतका अनुसार दोलखामा रहेको न्यू जेनेरेसन विकास युथ क्लबले सहआयोजकत्व गर्नेछ ।

‘स्वर, गायनशैली, गीत चयन, शब्द उच्चारण तथा प्रस्तुतिको आधारमा सहभागीको छनोट गर्नेछौँ’, उनले भने, ‘देशका चर्चित संगितकार, गायक÷गायिकालगायत अन्य कला तथा संगीतसँग आवद्ध व्यक्तित्वहरूद्वारा प्रतिष्पर्धीको मूल्यांकन गरिनेछ ।’

देशैभर सञ्चालन हुने प्रतियोगितालाई आयोजकले सबैभन्दा बढी पुरस्कार राशि भएको बहुआयामिक अवसरमुखी र हालसम्मकै फरक टेलिभिजन रियालिटी सोका रूपमा प्रतियोगितलाई लिएका छन् ।

आयोजकले भूकम्पपछिको नयाँ युगको सुरुआतसँगै नेपाली कला, संगीत तथा गायन क्षेत्रको उन्नत उचित विकासमा कार्यक्रमले सहयोग पु¥याउने विश्वास लिएका छन् ।

‘यस नयाँ युगको हकमा एउटा ऐतिहासिक परिवर्तनरूपी सांगीतिक कार्यक्रमको क्षेत्रमा नयाँ अध्यायको थालनी हुने भएकोले सम्पूर्ण गायकगायिक, कलाकार, संगीतकर्मीहरू, नागरिकहरू तथा यससम्बन्धी रुचि राख्ने सम्पूर्णमा सहभागी भई गौरवान्वित रहन हामी आह्वान गर्दछौँ’, बस्नेतले भने ।

प्रतिक्रिया