नर्या वर्षस“गै ग्रीष्माको “कामना”

grismas copyखोटाङ, २५ चैत । निरन्तरको संगीतको साधना र संघर्षपछि गायिका ग्रीष्मा खालिङ राई एकल गीति एल्बम ‘कामना’मार्फत नेपाली सांगीतिक मनहरुमा उपस्थित भएकी छन् । १३ वर्ष अघिदेखि गीत संगीतको क्षेत्रमा साधना र संघर्ष गरिरहेकी गायिका खालिङले नयाँ वर्ष २०७३ को आगमनसँगै गीति एल्बम ‘कामना’ लिएर बजारमा छिरेकी छन् । उनले नयाँ वर्षको शुभकामनासँगै यतिखेर सफलता र प्रगतिको कामना बटुलिरहेकी छिन् ।

गीतसंगीतमै जीवन खोजिरहेको बताउने खोटाङ जालपाका उनी गाउँमा विद्यालय उमेरदेखि नै गीत गाउने गर्थिन् । सांगीतिक मोहमा अति नै कसिएपछि उनी काठमाडौं प्रवेश गरी संगीत विषय नै लिएर क्याम्पसमा तथा अन्य तालिम केन्द्रमा अध्ययन तथा साधनालाई निरन्तरता दिइरहेकी थिइन् ।

गायिका खालिङको एल्बम कामनामा शिव संगम राई, निमा छिरिङ शेर्पा र लीला बुढामगरको शब्द तथा शिव संगम राई, रामचन्द्र राई र याकुब राईको संगीत रहेका छन् । युथ क्रियशनले उत्पादन तथा वितरण गर्ने ‘कामना’मा भेट हुँदा.., तिमीलाई भेट्न…, समीपको फूल… र जवानीका फूल…. बोलका गीतहरु समेटिएका छन् ।
अब यही वैशाखदेखि तत्कालै अर्को गीति एल्बमको तयारी जुट्ने बताउने गायिका खालिङका अनुसार म्युजिक भिडियो पनि बनाउने योजना छ ।

प्रतिक्रिया