‘नो लभ, जस्ट डेटिङ’

काठमाडौं, २० चैत । नेपाली चलचित्रका नायिकाहरू भन्दा प्रेमको मामला फरक मत राख्ने नायिका ऋचा शर्माले आपूm अहिले प्रेममा नपरे पनि कुनै युवासँँग भेटघाटमा भने व्यस्त रहेको बताएकी छन् । उनले प्रेमको विषयमा खुल्दै प्रेम गरेपछि देखाउन मन लाग्ने गरेको बताइन् ।

उनलाई पनि चलचित्रको प्रिमियरहरूमा आफ्नो प्रेमीसँग रेड कार्पेटमा हात समातेर हिँड्न मन लाग्छ । सायद, यसैले पनि होला उनको प्रेम लुकेको छैन । तर, नेपालमा चलचित्रभन्दा बाहेकको मानिससँग प्रेम गर्दा पत्ता कसैले पत्तै नपाउने गरेको पनि बताउँछिन् । उनले भनिन्, ‘यहाँ चलचित्र भित्रकै मानिससँग हिँड्दा पनि प्रेम भनेर चर्चा हुन्छ, बाहिरको मानिससँगको प्रेमलाई मिडियाले पत्ता नै लगाउन सक्दैन ।’ नायिका शर्माले आफू १ युवकसँग भेटघाटमा रहेको बताउँदै प्रेम नभई प्रेमको सुरुआत हुन सक्ने संकेत गरेकी छन् । ऋचाका अनुसार ती युवकसँग उनको ३÷४ पटक मात्र भेट भएको छ । ऋचालाई जीवनमा आफ्नो करिअर बुझेको केटा चाहिएको छ, जुन अहिले उनले भेटिरहेका युवकमा देखिन्छ ।

सम्बन्ध लामो समयसम्म हुने संभावना ५०÷५० प्रतिशत रहेको उनले बताइन् । हामी लामो समयसम्म पनि अगाडि बढ्न सक्छ, साथी मात्र भएर पनि टाढा हुन सक्छौँ ।’ तर, ऋचाको आशयअनुसार उनलाई त्यो युवक मन परेको छ । आफूहरू अहिले भेटघाटमै रमाइरहेको भन्दै ऋचाले यो सम्बन्ध नटुंगिन पनि सक्छ । परिवारबाट आएको बिहेको प्रेसरका कारण पनि ऋचा अब बिहेको मनस्थिति बनाइरहेकी छिन् । हेरौँ, उनको दिलको ढोकामा आएर ढकढक गरिरहेका युवकले दिलभित्र प्रवेश पाउने हुन् या होइनन् ।

प्रतिक्रिया