एक्सन हिरो सविन नै ठीक : अनु

anu shahकाठमाडौं, १५ चैत । चलचित्र ‘भैरव’मा एक्सन हिरो निखिलसँग काम गरेकी अनु शाहले निखिलको भन्दा सविनको एक्सन मन परेको बताएकी छन् । मन परेको मान्छेले जे गरे पनि राम्रो भनेजस्तै भएको छ नायिका अनुलाई । आफ्नो गुपचुप प्रेमी सविनलाई हाइलाइट गर्न खोजेको चलचित्र क्षेत्रमा चर्चा चलेको छ । खुलेर बाहिर नभने पनि उनीहरूको यो सम्बन्धलाई प्रगाढता दिन यस्तो बताएको चलचित्रकर्मीहरूले आरोप लगाएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै उनले सविनको एक्सनशैली मनपरे पनि किन भन्ने प्रश्नको जवाफ भने दिएकी छैनन् । अनुलाई पनि एक्सनशैलीका चलचित्रमा काम गर्ने मन छ । तर, आफ्नो सोझो खालको अनुहारका कारण कसैले पनि यस्तो चलचित्रका लागि अफर नगरेको यी नायिकाले गुनासो गरिन् ।

चलचित्र ‘भैरव’ प्रदर्शनको समयमा निखिलमाथि नै अनुले कटाक्ष गरेकी थिइन् । सायद, यसैले पनि हुनसक्छ निखिलको भन्दा अनुलाई सविनको एक्सन मन पर्न थालेको छ । नेपाली चलचित्र क्षेत्रमा निखिललाई ‘एक्सनका राजा’ पनि भनिने गरिएको पाइन्छ । नेपालमा एक्सन गर्नसक्ने नायिकाको कमी भएको पनि यी सुन्दरीले दाबी गरिन् ।

प्रतिक्रिया