काठमाडौं, १४ चैत । निर्देशक सुरज भुषालले आफ्नो चलचित्र ‘गाँठो’को छायांकन सकिएको जानकारी दिएका छन् । सुरु भएको करिब २० दिनमा यो चलचित्रको छायांकन सकिएको हो । २४ फागुनबाट चलचित्रको छायांकन सुरु गरिएको थियो ।
सुरजका अनुसार चलचित्रलाई पोखरा र गुल्मीमा खिचिएको छ । यो चलचित्रबाट मोडल नम्रता श्रेष्ठ नेपाली रजतपटमा डेब्यु गर्दै छिन् । जसले यसअगाडि स्टेजमा मोडलिङ गर्दै आएकी नम्रताको अभिनय कलाको परीक्षण पनि हुने भएको छ । उनको क्यारियरको सुरआतीमा रहेको यो चलचित्रले नम्रताको भविष्यसमेत उजागर गर्ने चलचित्रकर्मीहरूले बताएका छन् ।
चलचित्रको मुख्य भूमिकामा नाजिर हुसेन र अभय बराल छन् । यो चलचित्रले परिवार, प्रेमका सम्बन्धमा आउने गाँठोलाई उठान गरेको निर्देशक भुसालको भनाइ छ । बुटवल इन्टरटेन्मेन्टको ब्यानरमा तिलक श्रेत्री र सुरज भुसालले मिलेर यो चलचित्रको निर्माण गरेका हुन् ।
प्रतिक्रिया