काठमाडौं, १४ चैत । नेपाली चलचित्रका सर्वाधिक व्यस्त नायिकामा प्रियंका कार्कीले आफूले काम नपाउँदा छटपटि हुने बताएकी छन् । उनी अहिले नेपालका चल्तीका ब्यानरले निर्माण गरिरहेका चलचित्रमा निकै व्यस्त रहेकी छन् ।
काममा रातदिन व्यस्त रहेकी उनले एक दिन खाली बस्नुप¥यो भने छटपटी लाग्ने गरेको बताएकी छन् । ठूला ब्यानर र चल्तीका कलाकारसँग व्यस्त रहेको उनी काम नपाउँदा दिक्क लाग्ने गरेको बताउँछिन् ।
केही समय अगाडि चलचित्र ‘नाइ नभन्नु ल ३’का निर्देशक विकास आचार्यलाई चलचित्रमा लिनका लागि नायिका कार्कीले बारम्बार फोन गरेको समाचार पनि प्रकाशित भएको थियो । प्रियंका आफूलाई काम गरेर बेलुकी घर फर्कंदा जती थकाई लागे पनि रमाइलो लाग्ने बताउँछिन् ।
नायिका कार्कीमा एक प्रकारको डर छ । उनले भनिन्, ‘२ दिन घरमा बस्दा मलाई ला अब मलाई कसैले लिँदैन कि भन्ने डर लाग्छ । र यो डर हुन जरुरी पनि छ ।’ आफूले काम गरेको ब्यानर वा मानिसले फेरि लिदैन कि भनेर यी सुन्दरी सधैँ डराउने गर्छिन् । उनलाई कसैले अब आफूलाई लिँदैन कि भन्ने पीडा मनमा हुने गरेको बताउँछिन् ।
यस्तो डरले भोलिका दिनमा फाइदा गर्ने यी सुन्दरीको बुझाइ छ । कुनै चलचित्र सकिएपछि उनले आफूलाई नै प्रश्न गर्ने गर्छिन्, ‘मान्छेले मलाई सधै नै खोजी रहुन् । मलाई नै लिइराखुन् ।’ यस्ता कुराले आफूलाई डर लाग्ने र असुरक्षित महसुस गर्ने गरेको नायिका कार्कीको भनाइ छ ।
प्रतिक्रिया