‘देउवालाई किन चाहियो प्रधानमन्त्री ?’

madhav_nepal copyकाठमाडौं, १२ चैत । एमाले नेता माधकुमार नेपालले वर्तमान सरकार अझैँ २ वर्ष टिक्ने दाबी गर्दै यो सरकारलाई कसैले ढाल्न नसक्ने बताएका छन् । नेपाल ट्रेकिङ ट्राभल ¥याफ्टिङ एयरलाइन्स मजदुर युनियन (युनिट्राभ) अन्तर्गत एयरपोर्ट इलाका कमिटीको चौथो अधिवेशन उद्घाटन गर्दै नेता नेपालले राष्ट्रियताको पक्षमा रहेको सरकारलाई कसैले ढाल्न नसक्ने बताए ।

यो सरकारले इतिहासमै उदाहरणीय काम गरेर देखाएको उनको दाबी थियो । नेपालले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा ३ चोटी प्रधानमन्त्री भइसक्नुभएको छ, उनी किन सरकारमा जानुप¥यो ? सरकार २ वर्ष टिक्छ । संविधानको कार्यान्वयन पनि यही सरकारले गर्छ, स्थानीय निकायको चुनाव पनि गर्छ । कांग्रेसले पनि यही सरकारमा आएर सहयोग गर्नूस् ।’

पर्यटनको विकासका लागि हवाई क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएर एयरपोर्टभित्र सुधार गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन् । एयरपोर्टका श्रमिकको नाममा ठेक्कामार्फत श्रमशोषण गर्ने ठेकेदारलाई कानुनी दायराभित्र ल्याएर कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा एमालेका सचिव योगेश भट्टराईले श्रम कानुनअन्तर्गत रहेर मजदुरलाई आफ्ना हक, अधिकारको माग गर्न आग्रह गर्दै बन्द, हड्तालको संस्कृतिलाई एमालेले नस्वीकार्ने बताए ।

कार्यक्रममा जिफन्टका उपमहासचिव जनक चौधरीले यो सरकारले श्रम ऐन र सामाजिक सुरक्षा ऐन तुरुन्तै पास गरी श्रमिजीवी वर्गको भावनाको कदर गर्नुपर्ने र देशको रूपान्तरण गर्नुपर्ने बताए ।

युनिट्राभका महासचिव सुमनप्रसाद पराजुलीले २१औँ शताब्दीमा पनि ठेक्कामार्फत मानवबेचबिखन र श्रमशोषणको अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘नेपाल एयरलाइन्समा ठेक्कापट्टाको सट्टा सिधा भुक्तानी गर्ने गरी श्रमिकको स्थायी नियुक्ति दिनुप¥यो । संविधानलाई चुनौति दिने खालका कम्पनीका विनियमावली खारेज हुनप¥यो । ठूलालाई चयन सानालाई ऐन भने जस्तो किसिमका विनियमावली तत्काल खारेज गरियोस् ।’ नेपालको एयरपोर्टको सुधार गरेर बढीभन्दा बढी पर्यटक ल्याउनुपर्ने उनको भनाइ थियो । चौथो अधिवेशनले उमेश अधिकारीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लोकबहादुर थापा, सचिवमा राजकुमार राययादव, कोषाध्यक्षमा हेमन्त गौतमलाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा बयानसिंह राई, रञ्जनराज ढुंगाना, रवि चापागार्इं, कुमार गिरी र बासु भण्डारी चयन भएका छन् । जिफन्ट प्रतिनिधिमा रूपनारायण ढुंगाना चयन भएका छन् ।

प्रतिक्रिया