रतनको ‘तिमी पनि झ्याप…’ पछि ‘बत्ती बालेर’

Ratan copyकाठमाडौं, ११ चैत । नेपाली गीत संगीतको पारखीहरूका लागि कलाकार रतन सुवेदीको नयाँ म्युजिक भिडियो ‘बत्ती बालेर’ सार्वजनिक भएको छ । यो शीर्षककोे गीत १८ वर्ष अगाडिको रतनको लोकप्रिय गीत रहेको थियो ।

कुनै समय हरेक रेडियो स्टेजमा सर्वाधिक रुचाइएको यो गीतको पुनः उत्पादन गरिएको छ । ¥यापशैलीको यो गीतलाई पुनः एरेन्ज गरी रेकर्डिङ गरिएको रतनले बताए ।

नायिका र नायक नीता ढुंगाना र गजित विष्ट अभिनित यस भिडियोको निर्देशन दिनेश डिसीले गरेका छन् ।
नेपाली टेलिभजन र चलचित्रका कलाकार रतन सुवेदीले पछिल्लो समय आफ्नो कर्मथलो अमेरिकालाई बनाए पनि नेपाली कलाकारितामा यिनी निरन्तर लागिरहेका छन् । गएको वर्ष यिनको ‘तिमी पनि झ्याप।।।’ बोलको गीत आएको थियो ।

प्रतिक्रिया