काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओली चीनको भ्रमणमै रहेको बेला हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले भने ओलीको भूमिकालाई लिएर ‘चाइना एक्सप्रेस’ सार्वजनिक गरेका छन् । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयलाई लिएर हास्य भिडियो बनाएका हुन् ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनसँग पारवहनलगायत १० सम्झौता गर्न भ्याएका छन् । भारत भ्रमण सकेर फर्किएको महिना दिन नबित्दै उनी चीन भ्रमणमा गएका हुन् । भारतले प्रधानमन्त्री ओलीको साथमा केही बिजुली पठाएको थियो ।
यता, चीनले ३२ हजार घरलाई सोलार उपहार पठाउँदै छ । भारत भ्रमणमा प्रधानमन्त्री ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भाइको नाता लगाइन् भने चीनले पनि राम्रो सम्मान गरेको बुझिएको छ । यद्यपी, निजी विमानमार्फत चीन भ्रमणमा गएको भन्दै नेपाल एयरलायन्सका क्याप्टेन विजय लामाले पोखेको गुनासो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
विजय लामाको गुनासोमा प्रधानमन्त्रीले अहिलेसम्म केही बोलेका छैनन् । यद्यपि, नक्कली प्रधानमन्त्रीले भने चिनियाँ समकक्षीलाई नै सो बारेमा स्पष्ट गरेका छन् । सीतारामले तयार पारेको भिडियो रोचक छ । भिडियोमा दीपक आचार्य, विनोद राई, दिपेन्द्र राई देखिएका छन् ।
प्रतिक्रिया