चलचित्र हेरेर ३५ वटा चित्र

rahadaniकाठमाडौं, ९ चेत । आउँदै गरेको १२ चैतदेखि देशभरी प्रदर्शनीमा आउनलागेको चलचित्र ‘राहदानी’ हेरेर ३५ जना कलाकारले चित्र तयार पारेका छन् । काठमाडौंको ठमेलस्थित ‘मिथिलायन ग्यालरी’ सोमबारबाट प्रर्दशनमा राखिएको ३५ थान चित्र राहादानी हेरेपछि कलाकारहरूले बनाएका हुन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सो प्रदर्शनीको उद्घाटन गरेका थिए ।

‘राहदानी’का निर्माता लक्ष्मीप्रसाद ढकालले यो चलचित्र शुक्रबारबाट मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलबाट आउने जानकारी गराए । यसका निर्देशक डब्बु क्षत्रीले यी चित्रकला बुधबारसम्म प्रदर्शनीका लागि रहने र त्यसपछि राजधानीका मल्टिप्लेक्स हलमा चलचित्रसँगै चित्रकला प्रदर्शनी गरिने बताएका छन् । उक्त प्रदर्शनीपछि चित्रको बिक्री गरेर उठेको रकम अनाथ बालबालिकाको पढाइमा खर्च गरिने उनको भनाइ रहेको छ ।

प्रदर्शनीमा राखिएका चित्रहरूमा रादहानीका कलाकारहरू दयाहाङ राई, रुपा खनाल, सृजना सुब्बा, असोक रिजाल, नविन लम्साल, मोनिका दाहाल, विकाश जोशी, तेन्जिङ शेर्पाको विभिन्न भावलाई ‘पार्टेज’मा उतारिएको छ । चलचित्रका वियोगान्त र संयोगान्तसँगै नेपाल र मलेसियालगायतका बाह्य मुलुकको दृष्य र अवस्था पनि चित्रमा रहेको छ । प्रदर्शनीमा ३५ थान चित्रहरू राखिएका छन् । मिथिलायन ग्यालरीमा राखिइको चित्रहरू राधेश्याम मुल्मी, रमेश खनाल, नरेन्द्र बहादुर श्रेष्ठ, प्रदीप अधिकारी, भीम श्रेष्ठ, नरबहादुर बिके, एनबी गुरुङ, सुमन श्रेष्ठ, अजित शाह, लालकाजी लामा, राजन काफ्ले, नारदमणि हार्तमछाली, धनु याख्खा, बिनिता इजमले तयार गरेका हुन् ।

ग्यालरीमा हरिओम मेहता, सन्तोष राई, केशव खनाल, अनिता खनाल, राजेन्द्र कुँवर, राम ब. ठाडा, प्रितम थापा, देबेन्द्र थुम्केली, बिक्कु थापा, डी राम पाल्पाली, महेश आचार्यले तयार गरेका चित्रहरू पनि रहेको छ । यस्तै डिबी भण्डारी, श्यामसुन्दर यादव, मन गुरुङ, डि बराल, सञजय बान्तवा, धोर्जे गुरुङ लामा र राहदानीका निर्देशक डब्बु क्षत्री समेतले तयार गरेको चलचित्रहरू प्रदर्शनीमा छन् ।

प्रतिक्रिया