काठमाडौं, ९ चैत । जर्मनीको ३२औँ अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सर्वनामको नाटक ‘मुक्ति’ मञ्चन भएको छ । नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै उक्त नाटकको मञ्चन गरिएको हो ।
नाटक जर्मनीको फ्रेडिकसाफेस्थित मानेजेन थिएटरमा मञ्चन भएको थियो । महिलामाथि हुने विभिन्न हिंसामा आधारित बनाएर तयार पारिएको नाटक ‘मुक्ति’ मञ्चनपश्चात् करिब ५ मिनेट तालीले हल गुञ्जयमान भएको थियो । संवादविहीन संगीत र हाउभावबाट मात्रको प्रस्तुति गरिएको नाटकमा जमर्नीका दर्शकले आफ्नो जीवनमा र समाजमा समेत मेल खाने नाटक भन्दै कलाकार र निर्देशकको प्रशंसा गरेका थिए ।
करिब १ घन्टा लामो नाटकपश्चात् प्रतिक्रिया दिँदै निर्देशक मल्लले नेपाली रंगमञ्च समृद्ध बन्दै गरेकोे दर्शकको प्रतिक्रियाबाट महसुस भएको र नेपाली रंगमञ्चले विश्वसामु ठाडो शिर पारेर हेर्ने हैसियत बनाएको भान भएको बताए । साथै नाटक मञ्चनपश्चात् भएको अन्तत्र्रिmयामा जमर्नीका रंगकर्मीहरूले भूकम्पपश्चात् नेपालमा रंगमञ्चको स्थिति के कस्तो रह्यो अहिलेको स्थिति के कस्तो छ जस्ता प्रश्नहरू गरेका थिए । करिब १ महिनाको कार्यशालापश्चात् तयार गरिएको उक्त नाटकमा नारीमाथि हुने विभिन्न हिंसालाई बिम्बबाट प्रस्तुत गरिएको थियो ।
सर्वनामका अशेष मल्लको लेखन तथा निर्देशन रहेको नाटकमा श्याम खड्का, दिपेश पौडेल, साधना भण्डारी र अभिनित मल्लको अभिनय रहेको थियो ।
प्रतिक्रिया