काठमाडौं, ९ चैत । नयावर्षको सुरुआतसँगै १७ वैशाखबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोल्पा रोग’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा भएको एक कार्यक्रमका बीच चलचित्रको उक्त ट्रेलर सार्वजनिक गरिएको हो ।
१० वर्षे सशस्त्र युद्धको जग मानिने रोल्पाको सामाजिक कथा समावेश चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका छन् । चलचित्रमा सुशील पोखरेल, शिशिर भण्डारी, जनक घर्तीमगर, बिनु खड्का, रामबाबु आक्रोश, कश्मिर रसाईंली, मुकुन्द भुसाल, जोन योञ्जनलगायतले अभिनय गरेका छन् । ए वान मुभी मेकर्सको ब्यानरमा बनेको यो चलचित्रको प्रस्तुतकर्तामा निर्मला वली रहेकी छन् भने थलबहादुरी वलीले यसमा लगानी गरेका हुन् ।
प्रतिक्रिया