५ घण्टा नियन्त्रण पछि छुट्योे ‘जिस्म’ युनिट

jismaकास्की, ८ चैत । चलचित्र विकास बोर्डबाट निर्माण इजाजत नलिइ फिल्म छायांकन गरेका राजु गिरीसहित सो फिल्मकी नायिका अर्चना पनेरुलाई प्रहरीले पाँच घण्टापछि छाडेको छ पोखरा–१८, खाल्टे मसिनामा छायांकन भइरहेकोे फिल्म युनिटका निर्देशक राजु गिरीसमेत ९ जनालाई सोमबार दिउँसो कास्की प्रहरीले पक्राउ गरेको थियो ।

‘पोर्न स्टार बन्छु’ भन्दै घोषणा गर्ने अर्चना पनेरूलाई मुख्य भूमिका दिएर निर्माण गर्न लागेको चलचित्र ‘जिस्म’को युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। ‘जिस्म’को टोलीलाई कास्की प्रहरीले छायांकन स्थलबाटै नियन्त्रणमा लिएको जनाइएको छ । चलचित्र विकास बोर्डबाट कुनै इजाजत नै नलिई चलचित्र छायांकन गरेको भन्दै प्रहरी नियन्त्रण्मा परेका उनीहरुलाई बुधबार हाजिर हुने गरी छाडिएको प्रहरीले जनाएको छ । सुटिङका सम्पुर्ण सामाग्री भने प्रहरीले राखेको छ ।

जिस्मका निर्देशक गिरीले चलचित्र विकास बोर्डले सिडिओ कार्यालयमा पत्र पठाएको आधारमा प्रहरीले आफूहरूलाई समातेको जानकारी दिएका छन् । उनले आफूसहित चलचित्रकी मुख्य कलाकार अर्चना पनेरू र अन्य २० जना चलचित्र युनिटलाई प्रहरी कार्यालयमा राखिएको बताए । उनले आफूले १३ हजार ५ सय बुझाएर चलचित्रको कथा पनि बुझाएको बताउँदै बोर्ड अध्यक्षले अधिवेशन छ भन्दै टारेको आरोप लगाए ।

यता, चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईले भने पोर्नस्टार बन्छु भन्ने एक युवतीलाई लिएर चलचित्र बनाएको भन्दै इजाजत नदिएको र आफूहरूको इजाजतविना नै चलचित्र छायांकन सुरु गरेकाले प्रहरी लगाएर पक्राउ गरेको बताए । ५० प्रतिशत दृश्य खिचिइसकेको चलचित्रलाई अब रोक्ने या अगाडि बढ्न दिने भन्ने विषयमा कुनै टुंगो लागेको छैन । बोर्डले आफूहरूको इजाजतविना नै छायांकनमा गएका चलचित्रलाई रोक्ने र सामानसमेत जफत गर्न सक्नेछ ।

निर्देशक गिरीले अर्चना पनेरूले पोर्नस्टार बन्छु भन्दैमा ऊ पोर्नस्टार नहुने बताए । उनले बोर्ड अध्यक्षको दादागिरी भन्दै यसको विरोध गरेका छन् । प्रहरीले चलचित्र युनिटलाई अब जिल्ला प्रशासन कार्यलय, कास्कीमा बुझाउने तयारी गरेको छ । चलचित्र विकास बोर्डले पठाएको पत्रमा इजाजतका लागि अनुमति मागिए पनि कलाकार र विषयवस्तु हेर्दा इजाजत दिन उचित नभएकाले नदिएको उल्लेख छ । तर, इजाजतविना नै चलचित्रको छायांकन पोखराका विभिन्न क्षेत्रमा गरिएकाले बोर्डले जिल्ला प्रहरी कार्यलय, कास्कीसँग सहयोग मागेको थियो । सोही आधारमा प्रहरीले उनीहरूलाई प्रहरी कार्यालय बोलाएको हो ।

प्रतिक्रिया