‘जसराज किराती प्रतिभा पुरस्कार’ मञ्जिललाई

jasra kirati puruskarकाठमाडौं, ६ चैत । खोटांगे कवि जसराज किरात प्रतिभा पुरस्कार कोषले बेलायतले पूर्वका युवाकवि मनुमञ्जिललाई यसवर्षको कवि जसराज किराती प्रतिभा पुरस्कार प्रदान गरेको छ । पचास हजार रुपैयाँ राशीसहित कदर–पत्र प्रदान गरिएको हो ।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बैरागी काइँलाले समकालीन कविताका सारथीमध्येका कवि जसराज किराती पूर्वको पहाडमा बसेर निरन्तर कलमी खेती चलाउने कवि भए पनि चर्चामा आउन नचाहने कवि भएको बताए । उनले ०५०÷०५१ मा कवि जसराजको कविता खोजेर मनुमञ्जिलहरुले नै छापेको स्मरण गर्दै उनको नाममा स्थापित प्रतिभा पुरस्कारको पहिलोपटक उनले नै पाएकोमा हर्षित भएको पनि बताए ।

यस्तै कार्यक्रमका अर्का अतिथि शैलेन्द्र साकारले आपूmहरु वरतिर परतिरको छिमेकी समकालीन कवि भएको स्मरण गरेका छन् । उनले भने ‘म भोजपुरबाट लेख्न थालें उनले खोटाङबाट लेख्न थाले त्यही बेला हाम्रो लेखनको दौडानमा भेट भएको हो ।’ जसराजको कविता सम्झदै उनले भने ओजपूर्ण शब्दशिल्पका धनी स्रष्टा भए पनि राज्यको आँखा भने उनीमाथि कहिले नपरेको उनको गुनासो रहेको थियो ।

यस्तै कार्यक्रममा मञ्जिलको सहपाठी तर प्रतिस्पर्धी कवि तथा प्राज्ञ श्रवण मुकारुङले घरीघरी आपूmलाई रिस पनि उठ्ने गरेको भन्दै शत्रु त बलियो भएकै राम्रो भन्दै कूटनीतिक रुपमा प्रशंसा गरेका थिए । उनले मञ्जिलको सिर्जनाले साहित्यको सेरोफेरोमा निकै ठूलो फन्को मारेको बताएका छन् । उनले कविको काव्यिक यात्राप्रति सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् । यस्तै कार्यक्रममा कवि जसराज किरातीले आपूmलाई सपना कि विपना, हर्ष कि विस्मात केही थाहा नभएको भन्दै आफ्नो भतिज तथा युवाकवि रक्ष राईहरुको सक्रियतामा आफ्नै नाममा पुरस्कार स्थापना हुन ऐतिहासिक कार्य भएको बताएका छन् । उनले भने, ‘शैलेन्द्र साकारहरुले आफ्नो सपना आफै साकार पारेको भए पनि आफ्नो सपना भने रक्षहरुले साकार पारिदिएका छन् ।’ उनले आपूmलाई ऐतिहासिक रुपमा चिनाइराख्न यो कामले नमूनाको काम गरेको विचार व्यक्त गरे ।

यस्तै कार्यक्रमका पुरस्कृत व्यक्ति मनुमञ्जिलले भने आपूmलाई पुरस्कार पाएपछि गर्व हुनु स्वाभाविक भएको भन्दै चुनौती पनि सँगै रहेकोमा आपूm अलमलमा परेको बताए । यद्यपि उनले सोच्ने समय अझै रहेको भन्दै सकेसम्म यो सम्मान तथा पुरस्कारको सम्मान गर्दै अझ इमान्दारितापूर्वक अगाडि बढ्ने बताए । उनले आपूmलाई सबै कविहरुले फरक शैलीको कविता लेख्ने गरेको भन्ने कुरा आपूmलाई खास नलाग्ने भन्दै कविताको परीक्षण गर्न आफ्नै तरिका रहेको समेत बताए । उनले भने, ‘जुन कविता लेख्दै जाँदा मेरो टाउको दुख्न थाल्छ त्यो कविता फालिदिन्छु तर जुन कविता लेखी सक्दा टाउको आराम हुन्छ त्यो कविता म राख्छु ।’

पुरस्कार वितरण कार्यक्रमको व्यवस्थापन गरेको रावासावा प्राज्ञिक समाजका अध्यक्ष शान्तिराम राईको अध्यक्षता तथा उपाध्याक्ष टिका चाम्लिङको सञ्चालनमा सकिएको थियो ।

प्रतिक्रिया