गैँडाका ‘ब्रासलेट’ रिलिजको तयारीमा

bras let copyकाठमाडौं, ५ चैत । हास्य सिरियलबाट गैँडा नामबाट परिचित निर्मल शर्माद्वारा निर्देशित दोस्रो चलचित्र ब्रासलेट रिलिजको तयारीमा पुगेको छ । ‘तीतो सत्य’ टेलीसिरियलबाट कला कलाकार निर्मल शर्मा ‘गँैडा’ उपनामले चिनिएकी हुन् ।

उनले निर्देशन गरेको पहिलो चलचित्र ‘चकलेट’ रिलिज भइसकेको छ भने दोस्रो चलचित्र ‘ब्रासलेट’ रिलिजको तयारीमा छ । उनले निर्मलले सञ्जीव प्रधानको ‘म अनी उनी’ बोलको गीतको म्युजिक भिडियोको निर्देशन गरेका छन् । ३ वर्षपछि आफ्नो नयाँ गीत लिएर आएका सञ्जीवको यो गीतमा निर्मलले सन्दीप शाही र नायिका रजनी केसीलाई मोडलिङ गराएका छन् । निर्मलको रोजाइमा अहिले रजनी परिरहेकी छन् ।

उनले रजनीलाई चलचित्र ‘ब्रासलेट’मा मुख्य नायिका बनाए भने केही समय अगाडि दिएको अन्तर्वार्तामा पनि रजनी आफूलाई मनपर्ने नायिका भएको बताएका थिए । उनै निर्मलले रजनीलाई लिएर एउटा विज्ञापनमा पनि काम गरे ।

उनले नै निर्देशन गरेको सञ्जीव प्रधानको गीतको भिडियोमा रजनी नै मोडल बन्नु रोचक छ । रजनीको करिअर उकास्न निर्मल लागिपरेको देखिन्छ । विदुर खतिवडाले खिचेको यो म्युजिक भिडियोमा ५ सय वटा दियो बाल्नुका साथै पानी पनि पारिएको निर्देशक शर्माले जानकारी दिएका छन् । रेड क्यामेराले भिडियोको छायांकन गरिएको छ ।

प्रतिक्रिया