नयाँगीत लिएर आए जिबिहाङ

jibi copyकाठमाडौं, २२ फागुन । खोटाङको माक्पा–३ बेप्लामा जन्मेका नवगायक जिबिहाङ राईले भर्खरै नयाँगीत ‘शिरैफूल शिरमा लगाई’ लिएर बजारमा आएका छन् । स्थानीय मारुनी प्याटनको शब्दमा रहेको गीतलाई आफ्नै शब्द र संगीतमा उनले बजारमा ल्याएका हुन् ।

मौलिक लोकलयमा आधारित भएर तयार पारिएको उनको गीत युट्युबबाट सार्वजनिक भएको हो । नेपाली लोक शब्दहरूलाई टिपेर नेपालका पूर्वमा प्रचलित मारुनी शैली तथा पश्चिमी शैलीको संगीत संयोजन गरी गीत निर्माण गरिएको गायक राईले जानकारी दिएका छन् । उनले नेपाली युवापुस्ताहरू पश्चिम संगीतमा आकर्षित भइरहेको बेला नेपाली मौलिक संगीतलार्ई बचाउन तथा गाउँघरमा प्रयोग भइरहने ठेटलोक शब्दहरूलाई मर्न नदिन पनि आपूmले प्रयास थालेको जनाए । उनले बजारमा आएका गीतहरू भन्दा फरक हिसाबले चिनाउन नयाँशैलीको गीत तयार पारेको बताउँदै उनले आपूmले तयार गरेको शब्द र सोचलाई सार्थकता दिन आपैmँले संगीत गरेको बताए ।

उनको यो पहिलो गीत भने होइन । यसभन्दा अगाडि उनको २ वटा गीत सार्वजनिक भइसकेका छन् । उनले आफ्नो पहिलो गीतमा मायालुसँग भेटघाट भएको सन्दर्भ जोडेर गीत गाएका थिए भने दोस्रो मायालुको प्रंशसा गरिएको छ । त्यस्तै तेस्रो भागमा घरजम गर्ने कुरा गरी मायालुलाई जिस्काइएको छ । राईको यसअघि ‘त्रिवेणी’ र ‘सम्बध’ एल्बममा ‘कोही रहे किनारामा’ र ‘नझार्नु आँशुका धारा’ बोलका गीतहरू सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया