कांग्रेस १३औँ महाधिवेशन

g]kfnL sfFu|];sf] !#cf}F dxflwj]zg /fhwfgLsf] e[s'6Ld08kdf hf/L g]kfnL sfFu|];sf] !#cf}F dxflwj]zgdf gofF g]t[Tjsf nflu ljleGg kbdf pd]bjf/L lbPsf g]tfsf] r'gfj k|rf/k|;f/df ;lqmo sfo{stf{ . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, २२ फागुन । कांग्रेस केन्द्रीय निर्वाचन समितिले १३औँ महाधिवेशनका लागि उम्मेदवारी दिएका नेताको शनिबार अन्तिम नामावली प्रकाशन गरेको छ । आगामी नेतृत्वका लागि ३ सय ७५ जनाले उम्मेदवारी दर्ता गराएकामा ६३ जना केन्द्रीय सदस्य पदका उम्मेदवारले मनोनयन फिर्ता लिएपछि ३ सय १२ जनाको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापति, महामन्त्री र कोषाध्यक्ष पदका १० जना उम्मेदवारमध्ये कसैले पनि नाम फिर्ता नलिएको जनाइएको छ । सभापतिमा कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् ।

महामन्त्रीमा डा. शशांक कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीले उम्मेदवारी दर्ता गराएकामा सबैको उम्मेदवारी यथावत् रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । आरक्षणतर्फ ६ जना महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रदेश नं १ मा २ केन्द्रीय सदस्य पदका लागि १३, प्रदेश नं २ मा २ पदका लागि ५, प्रदेश नं ३ मा २ पदका लागि १८, प्रदेश नं ४ मा २ पदका लागि ९, प्रदेश नं ५ मा २ पदका लागि १०, प्रदेश नं ६ मा २ पदका लागि ५ र प्रदेश नं ७ मा २ पदका लागि ७ जनाकै उम्मेदवारी कायम भएको समितिले जनाएको छ ।

आरक्षणमा आदिवासी जनजातितर्फ ३ केन्द्रीय सदस्य पदका लागि ४०, आदिवासी जनजाति महिलातर्फ २ पदका लागि १२, दलित ३ पदका लागि २०, दलित महिलातर्फ २ पदका लागि ५, मधेसी आरक्षणतर्फ ३ पदका लागि १५ र मधेसी महिला २ पदका लागि ९ र मुस्लिम आरक्षणतर्फ १ पदका लागि ६ जनाको उम्मेदवारी कायम भएको छ ।

कांग्रेसको महाधिवेशनका उम्मेदवारहरूले प्रचारप्रसारमा रोबोटदेखि नाचगानसम्मको नयाँ शैली अपनाएका छन् । पुतलीसडक र बागबजार क्षेत्रका फोटोकपी तथा छपाइसम्बन्धी पसललाई प्रचारसामग्री बनाउन भ्याइ न भ्याइ छ ।

महाधिवेशनस्थल भकृटीमण्डप बाहिर दोहोरी गीत र उम्मेदवारको प्रचार अभियान चलेको छ भने भित्र बन्दसत्र चलिरहेको छ । अधिकांश महाधिवेशन प्रतिनिधि पार्टीको भावी नीति र विगतको समीक्षा प्रतिवेदनभन्दा बढी प्रचार अभियानमा लागेका छन् ।

महाधिवेशनमा उम्मेदबार बनेका नेताहरूले आफ्ना कार्यकर्तालाई वयापक परिचालन गरेका छन् । कतिपय नेताहरूले चुनावी प्रचारमा बढी संख्या देखाउन जिल्लाबाट थप कार्यकर्ता झिकाउन थालेका छन् । प्रचारमा आआफ्नो पक्षलाई प्रभावकारी देखाउन नाचगान चलिरहेको छ । पुतलीसडक चोकदेखि पर्यटन बोर्ड अगाडिसम्म कांग्रेस कार्यकर्ता भरिभराउछन् । त्यहाँ उम्मेदवारका प्रचार सामग्रीले भित्ता र पर्खालहरू भरिएको छ भने माइकसहित राखेका प्रचार समूहहरू नाचगान गर्दै वरपर गरिरहेका छन् । युवा नेता प्रदीप पौडेलले रिमोटबाट पनि प्रचार गरिरहेका छन् । कतिपयले कार्यकर्तालाई उम्मेदवारको फोटोसहितको ब्यानर बनाएर दोहोरी गाउँदै भृकुटीमण्डप वरपर भोट मागिरहेका छन् । भिजिटिङ कार्ड बनाएर वितरण नगर्ने कोही पनि उम्मेदवार छैनन् । ३ वटै प्यानलका ३÷३ पदाधिकारीको संयुक्त पर्चा पनि वितरण गरिएको छ । रामचन्द्र पौडेल सभापति, डा. शशांक कोइराला महामन्त्री र सीतादेवी यादव कोषाध्यक्ष रहेको एउटै पर्चा वितरण गरिएको छ भने शेरबहादुर देउवा सभापति, अर्जुननरसिह केसी महामन्त्री र चित्रलेखा यादब कोषाध्यक्षसहितको अर्को समूहको संयुक्त पर्चा छ ।

त्यस्तै कृष्णप्रसाद सिटौला सभापति, गगन थापा महामन्त्री र उमाकान्त चौधरी कोषाध्यक्ष रहेको संयुक्त पर्चा पनि बाँडिएको छ । सभापतिका उम्मेदवारको छुट्टाछुट्टै ठूला प्रचार सामग्रीहरू पनि महाधिवेशन स्थलमा देखिएका छन् ।

विधान संशोधन माग

काठमाडौं । कांग्रेसका जिल्ला सभापतिहरूले १३औँ महाधिवेशन सम्पन्न भएको ३ महिनाभित्र पार्टीको विधान संशोधन गर्न माग गरेका छन् । महाधिवेशन बन्दसत्रको दोस्रो दिन शनिबार छलफलमा सहभागी जिल्ला सभापतिले पार्टीको सुदृढीकरण र नयाँ संविधानअनुसार विधान संशोधनको माग गरेका हुन् ।

तेह्रथुम कांग्रेस सभापति गोविन्द ढुंगानाले केन्द्रले आफू अनुकूल नभई सम्पूर्ण पार्टीको हितलाई ध्यानमा राखेर महाधिवेशन सम्पन्न भएको ३ महिनाभित्र विधान संशोधन गर्न माग गरे । सुनसरी कांग्रेस सभापति राजीव कोइरालाले पार्टीको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र भएको गुनासो गर्दै संघीयतामा जाने तर प्रदेश निर्माणमा अखण्डताको शैली अपनाउने पार्टीको विरोधाभाषपूर्ण नीति किन भनी नेतृत्वसँग प्रश्न गरे ।

धादिङ कांग्रेस सभापति रमेश धमलाले मुलुकको आर्थिक सामाजिक रूपान्तरण गर्न पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए ।

सबैभन्दा कान्छा सभापतिकारूपमा रहेका चितवन कांग्रेस सभापति जितनारायण श्रेष्ठले १२औँ महाधिवेशनलाई एकताको महाधिवेशन भने पनि त्यसको भोलिपल्टदेखि नै ६०÷४० को भागबन्डा सुरु भएकोले त्यसलाई यस महाधिवेशनले अन्त्य गर्नुपर्ने बताए ।

कास्की कांग्रेस सभापति कृष्ण केसीले पार्टीको नीति तथा कार्यक्रममा माओवादीको सशस्त्र द्वन्द्वमा मारिएका तथा पीडित कांग्रेस नेता कार्यकर्तालाई उचित सम्बोधन गर्नुपर्ने धारणा राखे ।

बन्दसत्रमा आज भाग लिएका जिल्ला सभापतिहरूले मञ्चमा न्यून संख्यामा केन्द्रीय पदाधिकारी तथा सदस्य उपस्थिति रहेकोमा आक्रोश पाखेका थिए । बन्दसत्रले सबै प्रतिवेदनहरू पारित गरेको बताइएको छ ।

आइतबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया