दाहालको टिप्पणीप्रति नयाँ शक्तिको आपत्ती

kairsmaकाठमाडौं, २० फागुन । नायिका करिश्मा मानन्धरको विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको टिप्पणीप्रति नयाँशक्ति नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ती जारी गरेको छ । एमाओवादी अध्यक्ष दाहालले केही समयअगाडि काठमाडौंमा आयोजित कार्यक्रममा जनयुद्धकालमा केही मिडियाले आफ्नो नाम करिश्मासँग जोडेको विषय उल्लेख गर्दै करिश्मासँग आफ्नो नभएर डा. बाबुराम भट्टराइको सम्बन्ध रहेको पुष्टि भएको अभिव्यक्ति दिएका थिए ।

राजनीतिमा लाग्न पाउने संवैधानिक अधिकार उपयोग गर्दै नयाँशक्ति नेपालमा करिश्मा आबद्ध भएको भन्दै नयाँशक्ति नेपालले विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ । ‘सम्मानित व्यक्तित्वमाथि कुनै राजनीतिक टिकाटिप्पणी गर्ने आधार नभेटेपछि नितान्त व्यक्तिगत चरित्रमाथि गरिएको प्रहारलाई हामी महिलामाथि गरिएको राजनीतिक हिंसा ठान्दछौँ ।’

विज्ञप्तीमा पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलको शीर्ष नेतृत्वद्वारा कुनै महिलामाथि गरिएको चरित्रहीन, अनैतिक र अराजनीतिक टिप्पणीप्रति खेद व्यक्त गर्दै सम्बन्धित व्यक्तिहरूलाई तत्काल सार्वजनिक माफी माग्दै गल्ती सच्याएर राजनीतिक संस्कार देखाउन अपिलसमेत  गरिएको छ ।

जनयुद्धकालमा केही भारतीय मिडियाले एमाओवादी अध्यक्ष दाहाललले आपूmलाई करिश्मा मनपरेको अभिव्यक्ति दिएको प्रसंग उल्लेख गरेका थिए । अहिले करिश्मा डा.बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिमा आबद्ध छिन् ।

प्रतिक्रिया