“नेपाल्स् टप मोडल” सागर र हिना

nepal-top-models copyकाठमाडौं, २० फागुन । ‘नेपाल्स् टप मोडल २०१६’ अन्तर्गतको युवातर्फको उपाधि सागर सिटौला र युवतीतर्फको उपाधि हिना गुरुङले जितेका छन् । बुधबार काठमाडांैस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा आफ्ना १७ प्रतिस्पर्धीलाई पछि पार्दै युवाबाट सागर र १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै युवतीबाट हिना गुरुङले उपाधि जितेका हुन् । युवातर्फ उपविजेता सुशान्त श्रेष्ठ र युवतीतर्फ उपविजेता अलिसा चन्द्रवंशी घोषित भए ।

युहान इन्टरनेसनलले एकसाथ सोही मञ्चमा दुईवटा प्रतियोगिता गरेको थियो । अर्को प्रतियोगिता ‘मिस कलेजेज् नेपाल २०१६’ को उपाधि नमु मल्लले जितिन् । फस्ट रनर अपको उपाधि निर्जला खनाल र सेकेन्ड रनरअपको उपाधि अमिसा श्रेष्ठले हासिल गरे । यो प्रतियोगिताको मूल्यांकनकर्तामा राजधानी दैनिकका समाचार सम्पादक गणेश बस्नेत, नायक हसन खान, मोडल पविना खड्का, फेसियल हाउसकी प्रबन्धनिर्देशक शुष्मा महरा, सञ्चारकर्मीद्वय सुमित प्रताप बंजरा र सूर्य चन्द, फेसन डिजाइनर अमित झा थिए ।

प्रतिक्रिया