झापा, १९ फागुन । महिला हिंसाको विरुद्धमा सचेतना जगाउँदै किशोरीहरूमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटित गराउन ‘मिस ग्रान्ड झापा–२०१६’को आयोजना हुने भएको छ । बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गर्दै ग्रिसा एन्ड कम्पनीको ब्यानरमा यो ‘ट्यालेन्ट सो’ हुन लागेको जानकारी दिइएको हो ।
प्रतियोगिताको पहिलो अडिसन नारी दिवसको सन्दर्भ पार्दै यही २७ फागुनमा गर्ने तयारी भएको आयोजक संस्थाका अध्यक्ष राज निरौलाले जानकारी दिए । प्रतिष्पर्धाको लागि अडिसनबाट २५ जनालाई छानिने जनाइएको छ । कार्यक्रममा भारतीय मोडल प्रियंका रोय र नेपाली मोडल सलिना थेबेले कोरियोग्राफी गर्ने आयोजक संस्थाका पवन खतिवडाले जानकारी दिए । प्रतियोगितामा शीर्ष स्थान हासिल गर्नेलाई नगदसहितको अन्य विभिन्न आकर्षक पुरस्कार राखिएको र अन्तिम १० मा पुग्नेलाई ‘सब–टाइटल’ को पनि व्यवस्था गरिएको कार्यक्रम संयोजक दीपेन चौधरीले जानकारी दिए ।
प्रतियोगिताको फाइनलमा नायक अनमोल केसी र गायिका इन्दिरा जोशीलाई उपस्थित गराउने गरी तयारी भइरहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया