१८ वर्षपछि अत्याधुनिक हल

hall copyकाठमाडौं, १८ फागुन । नारायणगढमा अवस्थित इन्द्रदेव चलचित्र मन्दिरले दर्शकको चाहना अनुसार १८ वर्षपछि हलको पुनर्निर्माण गरेको छ । ४ असोजबाट चलचित्र प्रदर्शनमा रोक लगाएर पुनर्निर्माण थालनी गरिएको थियो ।

उक्त हल ०५४ सालमा स्थापना भई निरन्तर सञ्चालनमा आए पनि पुरानै शैलीमा चलिरहेको बेला आम दर्शकहरूले अत्याधुनिक नभएको गुनासो गर्न थालेपछि हलको पुनर्निर्माण गरिएको सञ्चालकले जनाएका छन् । अब, यो चलचित्र २१ फागुनबाट पुनः सञ्चालनमा आउनेछ । ०५४ सालमा करिब १ करोड लगानीमा सुरु भएको हलमा ७ सय ९५ सिट क्षमता थियो । अब सोही हललाई ५ करोड लगानीमा पुनर्निर्माण गरेर अत्याधुनिक बनाइएको छ ।

अब, यो हलमा ८ सय ३२ सिट क्षमता बनाइएको छ । हलमा अब पूर्ण एयर कन्डिसन, आधुनिक डिजिटल मेसिन टू के ट्वान्टी बारको प्रोजेक्टरबाट चलचित्र प्रदर्शन, थ्रिडी चलचित्र पनि हेर्न मिल्ने बनाइएको छ । माथि ३ सय १७ सिट क्षमता भएको पोल्टिनियमको टिकट मूल्य २ सय ५० र तल ५ सय १५ भएको गोल्डको टिकट मूल्य २ सय निर्धारण गरिएको छ ।

यहि २१ फागुनबाट चलचित्र ‘ड्रिम्स’ रिलिजसँगै हल सञ्चालनमा आउने  भएको छ ।

प्रतिक्रिया