काठमाडौं, १८ फागुन । गायक राजेश पायल राइले मन मिल्ने केटी पाउन नसकेको गुनासो गरेका छन् । गीत गाउने क्रममा बेलायत पुगेका उनले खुलेर आपूmले खोजेजस्तो केटी नपाएको बताए ।
यसो त यस अघि पनि स्टेज कार्यक्रम होस् या मिडियासँगको कुराकानी नै किन नहोस, युवतीको प्रसंग आउने बित्तिकै, ‘मैले त मन मिल्ने केटी नै पाइनँ ।’ भन्ने गरेका छन् ।
सांगीतिक कार्यक्रमका लागि बेलायत पुगेका राईले फेरि त्यही कुरा दोहो¥याएका हुन् । जीवनमा धेरै युवती भेटे पनि मन मिल्ने केटी पाउन नसकेको गुनासो वेलायतवासी नेपाली सामु उनले गरेका छन् ।
लन्डनको आसफोर्ड केन्टस्थित नर्थ स्कुलमा सम्पन्न कार्यक्रममा सहभागी हुन पुगेका राईले भने, ‘अहिलेसम्म मनले खाएको केटी भेट्दै भेटिनँ ।’ भेट भएका मध्ये केही उमेरमा सानो भएको त केहीसँग मनको कुरा गर्नै नसकेको उनको भनाइ थियो । स्टेजमा गीत गाउँदा प्रेम र विवाहको कुरा गरेर दर्शकलाई मख्ख पार्ने बानी छ उनको ।
उक्त कार्यक्रममा राईले ‘नाई नभन्नु ल–२’, ‘नाई नभन्नु ल–४’, ‘फूलै फूलको मौसम तिमीलाई’, ‘राम प्यारी’, ‘दिक्तेल बजार’, ‘छैन तिमीबाहेक’, ‘नौ जाले मायाले’ लगायत २ दर्जन बढी गीत प्रस्तुत गरेका थिए ।
स्थानीय गायकगायिका भूमिराज राई, सुनिता थेबे, ईश्वर चाम्लिङ, सञ्जीव पारदर्शी, इतिसा नेम्वाङलगायतको पनि उपस्थिति थियो । मिनी वल्डटुरका लागि निस्किएका राईले यसअघि मलेसिया, साइप्रसलगायत मुलुकमा कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।
प्रतिक्रिया