भारतमा आठ माओवादी लडाकू मारिए

indian maoist copyनयाँदिल्ली । । भारतीय राज्य छत्तीसगढ र अर्काे दक्षिणी राज्य तेलङ्गनामा सुरक्षाकर्मीको कारबाहीमा परी माओवादी विद्रोहीका ८ जना लडाकू मारिएका छन् । तेलंगना र छत्तीसगढ प्रहरीको संयुक्त कारबाहीमा ती लडाकू मारिएका समाचारमा जनाइएको छ । उनीहरूले कारबाहीका लागि केही महिनायतादेखि संयुक्त समूह निर्माण गरेका छन् ।

मंगलबार गरिएको संयुक्त कारबाहीका क्रममा ८ जना नक्सलाइट विद्रोही मारिएका भारतीय सुरक्षा निकायका अधिकारीले जानकारी दिएका छन् । १ जना वरिष्ठ प्रहरी अधिकारीले दिएको जानकारीअनुसार ५ महिलासहित ८ जनाको ज्यान गएको हो । नक्सलाइटको लडाकूमा महिला पनि रहेको पाइएको छ । हरि किसन नामका ती नक्सलाइट विद्रोही नेतालाई कारबाहीका लागि सो सुरक्षा गस्ती परिचालन गरिएकोमा उनी भने भागेका पनि प्रहरी अधिकारीले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया