नीतिश काठमाडौं आउँदै

PATNA - JANTA KE DARVAR ME  C . M . NITISH KUMAR

काठमाडौं, १८ फागुन । बिहारका मुख्यमन्त्री नीतिशकुमार बुधबार साँझ काठमाडौं आउने भएका छन् । कांग्रेसको १३औँ महाधिवेशनमा सहभागी हुनका लागि उनी काठमाडौं आउन लागेका हुन् ।

पटनाबाट विशेष विमानमा उनी काठमाडौं साँझ ४ बजे आइपुग्ने बताइएको छ । बुधबार साँझै भारतीय दूतावासमा उनको स्वागतका लागि विशेष कार्यक्रम आयोजना गरिनेछ ।

बिहीबार उनले मधेसी मोर्चाका नेताहरूसँग विशेष छलफल गर्ने कार्यक्रम तय गरिएको छ । यद्यपि, स्थान भने खुलाइएको छैन । नीतिश द्वारिका होटलमा बस्ने हुँदा त्यहीँ नै मोर्चाका नेताहरूसँग भेट्ने अनुमान गरिएको छ ।

बिहीबार नै उनी शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन् । त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनको भेटवार्ता हुनेछ ।

नेपाल बसाइँका क्रममा एमाले, कांग्रेस र एमाओवादीका शीर्ष नेताहरूसँग पनि उनको भेट हुनेछ । त्यसपछि उनी नेपाली कांग्रेसको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेछन् ।

प्रतिक्रिया