महिला भलिबलमा नायिका थापा गुडविल एम्बेसडर

rekha thapa vollyball ma copyकाठमाडौं । चैतको पहिलो सातामा हुने प्रधानमन्त्री कप महिला भलिबलको लागि नायिका रेखा थापा गुडविल एम्बेसडर भएकी छिन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक बाँके जिल्ला भलिबल संघले सो बारे जानकरी गराएको थियो । नेपालगञ्जमा हुने तेस्रो इन्डो नेपाल महिला भलिबललाई रेखा थापाको साथ रहनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नायिका थापालाई गुडविल एम्बेसडरको प्रमाण पत्र प्रदान गरे ।

सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ र आयोजक बाँके भलिबल संघका अध्यक्ष टिएस ठकुरीले सो क्षेत्रकै बासिन्दासमेत रहेकी थापालाई भलिबल प्रवद्र्धनका लागि सहयोग गरेकोमा सम्मान गरे । कार्यक्रममा राखेप सदस्यसचिव विष्टले थापाको खेलप्रतिको लगावको कदर गर्दै भने सबै कलाकारले खेल प्रवद्र्धनमा सहयोग पु¥याए खेलकुदलाई टेवा पुग्नेछ । ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले नायिका थापालाई धन्यवाद दिँदै भलिबल प्रतियोगिताको शुभकामना दिए । नायिका थापाले पछिल्लो समय खेलकुद प्रति महिलाहरूको संलग्नता बढेको बताउँदै खेलकुदमा महिलाहरूको सहभागिता बढाउन आपूmले सक्दो सहयोग गर्ने बताइन् ।

प्रतिक्रिया