सागमा विश्वस्तरीय स्टार

merycom copyसन् १९८४ मा काठमाडौंमा पहिलोपटक दक्षिण एसियाली खेलकुदको आयोजना हँुदा नेपालले जितेका ४ मध्येका २ स्वर्ण पदक बक्सिङको थियो । त्यसको लगत्तै सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा नेपालले ८ पदक जित्दा ४ पदक बक्सिङका थिए । यस बीचमा नेपाली खेलकुदमा धेरै आरोह र अवरोह आए । नेपाली बक्सिङमा पनि आयो । काठमाडौमा आठौँ दक्षिण एसियाली खेलकुदको आयोजना हुँदा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले नेपालका लागि स्वर्ण पदक दिलाएका थिए ।

समय फेरिएको छ । नेपाली खेलकुदमा बक्सिङको सक्रियता फरक छ । समयसमयमा केही महत्वपूर्ण सफलता पनि यसै खेलले दिलाएको छ । ग्वान्जाउ एसियाडमा दीपक महर्जनले पदक जितेर होस या अनुराधा लामा र दीपा क्षेत्रीले एसियाली च्याम्पियनसीपमा पदक जितेर होस् । त्यसो त विश्व च्याम्पियनसिपमा पनि नेपाली खेलाडीको प्रदर्शन कमजोर छैन । तर, नेपाली खेलाडीको स्तरीयताले मात्र दक्षिण एसियाली खेलकुदको नतिजा निर्धारण गर्ने कुरै भएन । गत सागमा नेपाल ३ कांस्य पदकमा सीमित भयो । नेपालका मिनु गुरुङ, सरस्वती राना मगर र दीपककृष्ण श्रेष्ठले कांस्य पदक जिते । नेपाली बक्सिङ टोलीमा केही स्तरीय खेलाडी त छन् नै । तथापि पाकिस्तानको बक्सिङमा प्रभाव र विश्व बक्सिङमा शक्तिको रूपमा उदाएको भारतको उपस्थिति महँगो हुन पुग्यो । त्यसो त श्रीलंकाले पनि पछिल्लो समय धेरैनै फड्को मा¥यो । यस अर्थमा यस सागमा सबैभन्दा धेरै स्तरीय खेलाडीको जमघटमा हुने बक्सिङका स्पर्धा नै भए । भारतीय टोलीका १० मध्येका ५ प्रतिस्पर्धी ओलम्पियन तथा कमनवेल्थ खेल तथा एसियाली खेलकुदका पदक विजेता थिए ।

दक्षिण एसियाली खेलकुदकै आदर्श पात्र ५ पटककी विश्व विजेता तथा लन्डन ओलम्पिककी कांस्य पदक विजेता मेरी कोम नर्थ इस्टन हिल युनिभर्सिटीस्थित साइ क्याम्पसको बक्सिङ रिङको प्रमुख आकर्षण भइन् । चोटबाट मुक्त हँुदै खेलमा फर्किएकी कोम इन्चोन एसियाडकी स्वर्ण पदक हुन् । तथापि उनी ओलम्पिक छनोटमा असफल भएकी थिइन् । यसै स्पर्धामा नेपालकी मिनु गुरुङ प्रतिस्पर्धा गरेकी थिइन् । तथापि मिनु सेमिफाइनलमा पराजित भएपछि उनको मेरी कोमसँग भेट भएन । त्यसो त मिनु नेपाली बक्सिङमा पछिल्लो समय स्टारको रूपमा उदाएकी बक्सर हुन् । मेरी कोम जस्तै अर्की मणिमुरकी मुक्केबाज सरिता देवी पनि १ वर्षको प्रतिबन्धपछि फेरी खेलमा फर्किएकी थिइन् । त्यसो त उनको ६० किलो तौल समूहमा उनको सबैभन्दा प्रमुख प्रतिद्वन्द्वी नेपालकी सरस्वती राना मगरलाई मानिएको छ । विश्व च्याम्पियनसिपको समेत अनुभव बटुलेकी सरस्वती नेपालकी अर्की प्रमुख खेलाडी हुन् । सरस्वती र सरिता देवीको भिडन्त भएको थियो । यो भिडन्त हेर्ने प्रशिक्षक प्रचण्ड शर्मा त सरस्वतीको खुलेर प्रशंसा गर्न पछि पर्दैनन् । ७५ किलोमा इन्चोन एसियाडकी पूजा रानी बोहरा प्रतिस्पर्धा गर्दै छिन् । यस स्पर्धामा नेपालको तर्फबाट संगीता सुनारले प्रतिस्पर्धा गरेकी थिइन् । उनी पूजा रानीसँगै पराजित भइन् ।

saritadevi copyविश्व च्याम्पियनसिपका कांस्य पदक विजेता शिव थापा ५६ किलो तौल समूहमा थिए । यसस्पर्धामा नेपालका दिनेस श्रेष्ठ प्रतिस्पर्धी रहेका छन् । परिपक्व खेलाडी दिनेसका लागि फाइनल प्रवेश गरे शिवसँगको भिडन्तमा पाउनुबाहेक गुमाउनु केही पनि रहेको थिएन । दिनेस उनीसँग नै हारे । ४९ किलोमा मणिपुरकै देवेन्द्रो सिंह सन् २०१४ कमनवेल्थ खेलका रजत पदक विजेता हुन् । उनी लन्डन ओलम्पिकमा क्वाटरफाइनल प्रवेश गरेका थिए । भारतीय टोलीमा रहेका ३५ वर्षीय मदनलाल अनुभवी मानिन्थे । विश्व मिलिटरी खेलका रजत पदक विजेता धीरज रंगी पनि साग खेलमा सहभागी छन् । २० वर्षीय धीरज खेल्ने ६० किलो तौल समूहमा दानबहादुर दर्लामी खेल्दैछन् ।

सन् २०१० का कमनवेल्थ खेलकुदका स्वर्ण विजेता तथा लन्डन ओलम्पिकका क्वाटरफाइनलिस्ट मनोजकुमार ६४ किलो तौल समूहमा प्रतिस्पर्धा गरिरहेका थिए । यसै स्पर्धामा नेपालका दीपक श्रेष्ठ खेलेका थिए । तथापि यिनीहरूको भेट भएन । सन् २०१४ मा ग्लास्गोमा भएको कमनवेल्थ उपविजेता मन्दिप जांग्रा ६९ किलोमा प्रतिस्पर्धा गर्दै थिए । यसस्पर्धामा नेपालको तर्फबाट विकास लामा प्रतिस्पर्धा गर्दै छन् । नेपालका अर्का प्रतिस्पर्धी दीपेस लामाले ७५ किलोमा प्रतिस्पर्धा गरे ।

त्यसो त तेक्वान्दोमा नेपालका मोहम्मद ओएस लन्डन ओलम्पिक र बेइजिङ ओलम्पिकका कांस्य पदक विजेता रमाउल्लाह नेक्पिइसँग पराजित भए । तेक्वान्दोमै निमा गुरुङ २ एसियाली पदकधारीसँगको भेटमा अफगानी खेलाडीलाई पराजित गरे पनि फाइनलमा भारतीय खेलाडीसँग पराजित भइन् । ब्याडमिन्टनकी नङ्शलदेवी तामाङ सेमिफाइनलमा स्टार भारतीय खेलाडीसँग पराजित भएकी थिइन् ।

 

प्रतिक्रिया