बालनाटक महोत्सव सुरु

00 copyकाठमाडौं, १३ फागुन । शैली थिएटर र रुसी सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा सातौँ राष्ट्रिय बालनाटक महोत्सव सुरु भएको छ । बिहीबार सुरु भएको नाटक महोत्सव १७ सोमबारसम्म चल्ने आयोजकले जनाएको छ । रुसी सांस्कृतिक केन्द्रको सांस्कृतिक हलमा हरेक दिन, ३ देखि ४ वटा नाटक मञ्चन हुनेछन् ।

महोत्सवमा विभिन्न ६ विधाका पुरस्कारका लागि विभिन्न १२ विद्यालयका नाटकबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितात्मक महोत्सव ६ वर्षदेखि निरन्तर हुँदै आएको शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । उनले भने, ‘भूकम्प र नाकाबन्दीका बाबजुद पनि यो महोत्सवमा जुन उत्साहपूर्ण सहभागिता सबै पक्षबाट रह्यो यसले हामीलाई थप ऊर्जा मिलेको छ ।’ देशको विषम परिस्थितिमा भएको यो सातौँ राष्ट्रिय बालनाटक महोत्सव लामो समयसम्म पनि सम्झनलायक हुने उनको भनाइ रहेको छ ।

कार्यतालिका अनुसार महोत्सवको पहिलो दिन, प्याराडाइज स्कुलको ‘शिशिर वसन्त’, सांस्कृतिक संस्थान १९औँ ब्याचको ‘साँघुरो दलान’ र शैली थिएटरको ‘नुनको कथामञ्चन’ हुनेछन् । दोस्रो दिन ओसिड नेपालको ‘कुमारी’, सरस्वती स्कुलको ‘विदेश मोह’, साहारा स्कुलको ‘फालिएका हिराहरू, विल्सन एकेडेमीको ‘ओइलाएका फूल’ मञ्चन हुनेछन् । तेस्रो दिन, शनिबार विद्याविकास स्कुलको ‘अपराजिता’, श्री जनविकास स्कुलको ‘परिवर्तन आपैmँबाट’, साउथ वेस्टर्न स्कुलको ‘आमाको माया’, र कन्स्टलेसन स्कुलको ‘गलत बाटो नरोजाँै’ मञ्चन हुनेछन् । आइतबार, आइडिएल स्कुलको ‘टुटेको सपना’, लालीगुराँस बाटिका स्कुलको ‘ब्वाँसाहरू’ र शैलीको ‘नुनको कथा’ मञ्चन हुनेछन् । अन्तिम दिन, शैलीको नाटक मञ्चन हुनेछ भने सोही दिन एक औपचारिक कार्यक्रम गरी महोत्सवमा सहभागी समूहलाई पुरस्कार दिइनेछ ।

आयोजका अनुसार यो महोत्सवको मूल उद्देश्य बालबालिकालाई कला साहित्य र संगीतमा आकर्षण गराई उनीहरूको प्रतिभालाई देखाउने अवसर प्रदान गर्ने तथा भविष्यको नेपाली रंगमञ्च अझ दरिलो र सशक्त बनाउनु हो । महोत्सवका संयोजक, आर्यन न्यौपानेले, ‘सामाजिक कुरीति, राजनीतिक अवस्था र भूकम्पले बालबालिकामा परेको असर, लागूऔषधको दुरुपयोग, बालबालिकामाथि हुने दुव्र्यवहार, बालअधिकार, बालमनोविज्ञानलगायत विषयमा नाटक तयारी भएको जानकारी दिएका छन् । उनले सबै कलाअनुरागीलाई महोत्सवमा आई बालबालिकालाई हौसला दिन पनि उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया