बार्साको फराकिलो अग्रता

barcilona copyम्याड्रिड । लिग लिडर बार्सिलोनाले स्पेनिस ला–लिगा फुटबलमा ९ अंकको फराकिलो अग्रता बनाएको छ ।

शनिबार राती भएको खेलमा लस पल्मासलाई २–१ ले पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला–लिगा फुटबलमा दोस्रो स्थानमा रहेको एथलेटीको मड्रिडमाथि फराकिलो अग्रता लिएको हो । लस पल्मासको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले छैटौँ मिनेटमा लुइस स्वारेजको गोलबाट अग्रता लिएको थियो । यो उनको लिगमा सिजनको २५औँ गोल हो । साथै, स्वारेज युरोपका प्रमुख ५ लिगमा यो सिजन २५ गोल गर्ने पहिलो खेलाडी पनि बने । सिजनको सबै प्रतियोगितामा गरी स्वारेजले अहिलेसम्म ४१ गोल गरेका छन् । सिजनको सर्वाधिक गोलकर्ता रहेको सूचीमा दोस्रो स्थानमा रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो छन् । उनले २१ गोल गरेका छन् । तर, बार्सिलोनाको अग्रता धेरै बेर टिक्न सकेन । १०औँ मिनेटमा घरेलु टोलीका लागि डा सिल्भाले बराबरी गोल फर्काए । खेलको ३९औँ मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–१ को जित दिलाए ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि गोल निस्कन नसक्दा पहिलो हाफमा निस्किएको गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो । बार्सिलोनाको २५ खेलबाट ६३ अंक भएको छ । दोस्रो स्थानमा रहेको एथलेटीको मड्रिडको ५४ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ५३ अंक छ । तर, दुबै मड्रिडले १ खेल कम खेलेका छन् र बार्सिलोनासँगको अंक दुरी कम गर्ने मौका छ । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको नकआउट चरणको पहिलो लेगमा आर्सनलसँग खेल्दै छ । ला–लिगाअन्तर्गत शनिबारको अन्य खेलमा स्पानियोलले डिप्रोटिभो डि ला कोरुनालाई १–० तथा सेल्टा डि भिगोले एइबरलाई ३–२ ले हरायो । रियल बेटिस र स्पोर्टिङ डि गिजोनले भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

यस्तै इंग्लिस एफए कप फुटबलअन्तर्गत शनिबार राती भएको खेलमा आर्सनल बराबरीमा रोकिएको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले पुरै समय दबाब बनाए पनि हलसिटीले बराबरीमा रोकेको हो । खेल गोलरहित बराबरीमा सकिएपछि यी २ टोलीबीच अब दोस्रो लेगको खेल हुने भएको छ । इंग्लिस फुटबलको दोस्रो श्रेणीको लिग च्याम्पियनसिप लिडर हल सिटीको मैदानमा हुनेछ ।

एफए कपअन्तर्गत शनिबार राती भएका अन्य खेलहरू एभर्टन, वाट्फोर्ड र रिडिङ विजय हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पिएसजीको २४ अंकको अग्रता

फ्रेन्च लिग वानमा रिम्सलाई शनिबार राती ४–१ ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी)ले शीर्ष स्थानको अग्रता २४ अंक बनाएको छ । अब उपाधि जित्नका पिएसजीलाई १० अंक मात्रै जोडे पनि प्रयाप्त हुनेछ ।

पिएसजीलाई उपाधि नजिक पु¥याउन जाल्टन इब्राहिमोबिचले २ तथा भान डेर विइल र एडिसन काभानीले १–१ गोल गरे । रिम्सका लागि ओनिएनग्युले १ गोल फर्काए । लिगमा पिएसजीको ७३ अंक छ । शनिबार राती नै ट्रोयसलाई ३–१ ले पराजित गर्दै दोस्रो स्थानमा रहेको मोनाकोको ४९ अंक छ । यसअघिका ३ सिजनमा लगातार उपाधि जितेर ह्याट्रिक गरेको पिएसजी यो सिजन पनि उपाधि जित्दै लगातार चौथो उपाधि उचाल्ने बाटोमा छ । (एजेन्सी)

प्रतिक्रिया