थुन्सेको गीतमा भिडियो बन्ने

shila rai copyकाठमाडौं, ८ फागुन । सुगम स्वरकी धनी गायिका शिला राईको युट्युबमा धेरुै रचाइएको गीत ‘थुन्सेको भारी बिसाउँदै चिन्डो बिर्को खोलन’ बोलको गीतमा म्युजिक भिडियो बन्ने भएको छ । धनकुटा र पाँचथर पुगेर किराती संस्कृतिमा आधारित म्युजिक भिडियो निर्माण गर्न लागेको गायिका शिलाले जानकारी दिएकी छन् ।

भखैरै ‘प्रेम’ नामक दोस्रो एल्बममा समेटिएको उक्त गीतको लिपसिङ युटुय्बमा भाइरल बनेको गीत रहेकाले यसको भिडियो बनाउन लागिएको उनले बताइन् । करिब १२ वर्षअघि गायिका बन्ने सपना संगालेर धनकुटाबाट हिँडेकी शिला पूर्वमा स्थापित गायिका बनेकी छिन् ।

०६० सालदेखि निरन्तर संगीतको साधनमा रहेकी उनले कलेक्सन एल्बमहरूमा पनि उतिकै छाएकी छन् । सुरुमा भोला राईसँग सुनसरीमा संगीत सिकेकी उनले शास्त्रीय संगीतको राम्रै ज्ञान हासिल गरेकी छन् । त्यतिबेला मोफसलमा रहेका श्रोताहरूले राम्रै रुचाइएकी उनले मोफसलका कलाकारलाई कलाकार नै नमान्ने सोचका कारण स्थानीय स्तरमा हुने सांगीतिक उत्सवहरूमा उनले सित्तैमा गाउँछु भन्दा पनि अवसर नपाएको पीडाबाट आपूmले धोका पाएको भन्दै काठमाडौंमा आएर संगीतमा संघर्ष गर्न लागि परेको बताइन् ।

निरन्तरको साधना र त्यागको फलस्वरूप उनले ०६८ सालमा ६ वटा गीत समावेश गरेर पहिलो एल्बम ‘कस्तो मन’ बजारमा ल्याइसकेकी उनले दोस्रो एल्बम ‘प्रेम’ सार्वजनिक गरेको बताइन् । एल्बमभित्र समावेश भएको ठेट किराती मिथकमा आधरित गीत ‘थुन्चेको भारी बिसाउँदै चिन्डोको बिर्को खोलन’ पूर्वीय लोकलयमा आधारित गीत रहेकाले त्यसमा मिथकीय भिडियो बनाउन लागेको उनको भनाइ रहेको छ ।

त्यसो त सोही एल्बमभित्रको अर्को गीत ‘मुटु भरी माया साँचे तीर बनी आयौँ’ को पनि चर्चा परिचर्चा कम भएको भने होइन । यो गीतको त म्युजिक भिडियोसमेत बजारमा आइसकेको छ । मायाप्रेममा हुने मिलन बिछोडको भाव बोकेको यो गीत युट्युबमा निक्कै रुचाइएको छ । मिडिया कभरेजसमेत राम्रै छ । साथै श्रोता दर्शकबाट समेत राम्रो प्रतिक्रिया पाइरहेको उनी बताउँछिन् ।

अन्तरमनबाटै जागृत भएको इच्छाशक्तीलाई जस्तोसुकै बाधा व्यवधान आए पनि छेक्न नसक्ने उनी बताउँछिन । सांगीतिक क्षेत्रमा लाग्न उनको परिवारबाट उनलाई कहिले समर्थन मिलेन । न त सहयोग नै, यद्यपि दृढ इच्छाशक्ती र तपस्याले उनलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गराइ छाड्यो । अहिले बजारमा उनको माग निक्कै छ । हिजो मोफसलको कलाकार भनेर नगन्ने समाज नै अहिले उनको फ्यान भएको छ । हरेक सांगीतिक उत्सवहरूमा उनलाई आमन्त्रण गर्ने गरिन्छ । भ्याएसम्म सबैको आमन्त्रण स्वीकार्ने उनको भनाइ छ ।

प्रतिक्रिया