अमेरिकाले सहयोग चार गुणा बढाउने

Senet Americaकाठमाडौं, २७ माघ । वैशाखमा आएको भूकम्पपछिको पुनर्निर्माणलाई मध्यनजर गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग ४ गुणा वृद्धि गर्ने प्रस्ताव गरेको छ । अमेरिकाले आफ्नो वार्षिक सहयोग ६ करोड ४० लाख अमेरिकी डलर नेपाली ६ अर्ब ४० करोड रुपैयाँ पु¥याउने तयारी गरेको जनाएको छ । अमेरिकाले यसभन्दा अगाडि आर्थिक सहायता स्वरूप १ करोड ४५ लाख अमेरिकी डलर अर्थात करिब १ अर्ब ४५ करोड रुपैयाँ दिँदै आएको थियो ।
अमेरिकी कंग्रेसमा १ अक्टोबरबाट सुरु हुने नयाँ आर्थिक वर्ष २०१६÷१७ का लागि वार्षिक बजेट पेस गर्दै विदेशमन्त्री जोन केरीले नेपालको आर्थिक सहायता कोष (इएसएफ) मा दिने रकममा उच्च वृद्धि गर्न प्रस्ताव गरेका छन् । ‘विनाशकारी भूकम्पपछि नेपालमा सर्वसाधारण जनताका घर तथा विद्यालयहरूको पुनर्निर्माणमा सहयोग गर्न र आर्थिक वृद्धिलाई उकास्नका लागि अमेरिकी सहायता रकम प्रयोग हुनेछ,’ विदेश मन्त्रालयले आफ्नो बजेटसम्बन्धी प्रस्तावमा भनेको छ ।
यो स्रोतलाई कृषि उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षा प्रवद्र्धन गर्न समेत खर्च गरिने प्रस्तावमा उल्लेख गरिएको छ । यसका अतिरिक्त विदेश मन्त्रालयले ३ करोड ९७ लाख अमेरिकी डलर नेपाली रकम करिब ४ अर्ब रुपैयाँ युएसएआइडीको विश्व स्वास्थ्य कार्यक्रममार्फत नेपाललाई दिने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया