साग खेलकुद सुरु

sagकाठमाडौं, २२ माघ । दक्षिण एसियाली खेलकुद(साग)को १२ औं संस्करण शुक्रबारदेखि शुरु भएको छ । भारतको गुवाहाटी र शिलोङमा बिहीबार नै उद्घाटन भयो । गु्हावटीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशालामा एक भव्य समारोहबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सागको औपचारिक रूपमा उद्घाटन गरे । भारतीय प्रधानमन्त्री मोदीले शनिबार सिलोङमा पनि प्रतियोगिताको छुट्टै उद्घाटन गर्ने छन् ।

सागको उद्घाटन खेलमा नेपालको महिला फुटबलले जित हात पार्दा भलिबलतर्फ पुरुष र महिला दुवै टोली पराजित भएका छन् । सागको पहिलो खेलमा नेपाली महिला फुटबल टिमले विजयी सुरुवात गरेका छन् । भारतको सिलोङमा भएको खेलमा नेपालले बंगलादेशविरुद्ध उत्कृष्ट जित हात पा¥यो । नेपालले बगंलादेशलाई ३–० को गोल अन्तरले पराजित ग¥यो । नेपालको जितमा दिपा अधिकारी, अनु लामा तथा निरु थापाले एक–एक गोल गरिन् ।

नेपालले खेलको शुरुआतैमा गोल ग¥यो । नेपालका लागि दीपा अधिकारीले २ मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । उनको गोलसँगै नेपालले बगंलादेशमाथि दबाब सृजना गरेको थियो । खेलमा अग्रता लिइरहेको नेपालले दोस्रो गोल ग¥यो । पहिलो हाफको १७ औं मिनेटमा अनु लामाले गोल गर्दै अग्रता दोब्बर पारिन् । पहिलो हाफमा थप गोल हुन सकेन् । पहिलो हाफमा नेपाल २–० ले अगाडि रह्यो ।

दोस्रो हाफमा नेपालले केही अवसर सिर्जना ग¥यो । तथापि गोल भने खेलको अन्तिम समयमा मात्र सम्भव भयो । नेपालले अतिरिक्त समय (९३औँ मिनेट) मा गोल ग¥यो । नेपालका लागि निरु थापाले गोल जीतलाई फराकिलो बनाइन् ।

जितसँगै नेपालले ३ अंक बटुलेको छ । महिला फुटबलमा नेपालसहित भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंका सहभागी छन् । अन्तिम समयमा अफगानिस्तानले नखेल्ने बताएको थियो ।

राउन्ड रोबिन लिगको पहिलो र दोस्रो हुनेले स्वर्ण पदकको लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली बिहिबार राती मात्रै सिलोङ पुगेको थियो । प्रतियोगितामा नेपालले दोस्रो खेल माल्दिभ्सविरुद्ध २४ माघमा खेल्नेछ ।

यसैबीच शुक्रबार भएको उद्घाटन खेलमा भलिबलका दुवै टोली पराजित भएका छन् । पुरुष र महिलाको भलिवल टिम श्रीलंकासँग पराजित भए । पुरुषतर्फको खेलमा नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा स्तब्ध बन्यो । अर्कोतर्फ महिला टोली पनि ३–० को सोझो सेटमा पराजित भए । पदकको आशा गरिएको महिला भलिबल टोलीले खराब शुरुआत ग¥यो । तथापि सोझो सेटमा हारे पनि महिला टोलीले प्रतिस्पर्धात्म खेल प्रस्तुत गरे । यसअघि नेपाली पुरुष टोली २५– १०, २५– १५, र २५–१० को सेटमा पराजित भयो । यस्तै महिलातर्फ नेपाल २५– १९, २५ –१४ र २८ २६ को सोझो सेटमा पराजित भयो ।

sag2नखेली महिला हक्कीमा पदक
सागको सहभागीतामा निकै विवादका बाबजुत सहभागीता जनाएको नेपाली महिला हक्की टोलीको पदकको सम्भावना बढेको छ । महिलातर्फ तीन देश मात्र सहभागी भएपछि नेपालले महिला हक्कीमा पदक जित्ने पक्का भएको हो । प्रतियोगितामा आयोजक भारत, नेपाल र श्रीलंका मात्र सहभागी भएपछि पदक जित्ने पक्का भएको हो । हक्कीका खेलहरू गुवाहाटीस्थित मौलना मोहम्मद तयबुल्लाह हक्की स्टेडियममा हुनेछन् । दक्षिण एसियाली खेलकुदमा महिला हक्की पहिलोपल्ट समावेश गरिएको हो । यसपल्ट पुरुषको हक्की टिम भने बजेट अभावमा सागमा सहभागी भएको छैन ।

सागमा नेपालसहित आयोजक भारत, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानले सहभागीता जनाएको छ । ८ राष्ट्रका दुई हजार ६ सयभन्दा धेरै खेलाडीले भाग लिने छन् । साग विभिन्न २३ खेलका स्पर्धा समावेश गरिएको थियो । तथापि सागमा अन्तर्राष्ट्रिय बास्केटबल महासंघ(फिबा)ले मान्यता नदिएपछि आधिकारिक रूपमा २२ खेल मात्र हुने भएको छ ।

सागमा नेपालबाट तीन सय ८७ खेलाडीसहित ५ सय २२ सदस्यीय टोलीले सहभागिता जनाउँदैछ । सागमा १५ खेल गुवाहाटी र ७ खेल सिलोङमा हुनेछन् । भारतले तेस्रो पटक साग आयोजना गर्ने अवसर प्राप्त गरेको हो । दक्षिण एसियाली खेलकुद(साग)को पहिलो संस्करण भने नेपालमा भएको थियो ।

sag3किन दिएन फिबाले मान्यता ?
सागमा समावेश बास्केटबललाई फिबाले मान्यता नदिने भएको छ । भारतले नियम उल्लंघन गरेको कारण मान्यता नदिने बुझिएको छ । तथापि सागमा बास्केटबलको आयोजना भने हुनेछ । बास्केटबलको राष्ट्रिय टोली पनि भारत पुगिसकेको छन् । भारतको बास्केटबल फेडेरेशनको विवादका कारण पनि फिबाले सागको बास्केटबललाई मान्यता नदिने जनाइएको छ ।

प्रतिक्रिया