अस्ट्रेलियामा “भाग सानी भाग” को भव्य प्रिमियर

bhag sani bhag copyकाठमाडौं । चलचित्र ‘भाग सानी भाग’कोे अस्ट्रेलियामा भव्य प्रिमियर गरिएको छ । आगामी चैत ५ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई अस्ट्रेलियाको डार्बिन सहरबाट रेड कार्पेटसहित प्रिमियर गरिएको हो । प्रिमियरपछि अस्ट्रेलियाको पर्थ सहरमा जनबरी ३१ मा अर्को सो सम्पन्न गरिएको निर्माता विष्णु चापागार्इंले बताए । प्रिमियर सोसँगै भएका अन्य सोहरूमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको निर्माण पक्षले जानकारी गराए ।

चलचित्रले अस्ट्रेलियाको क्यानबेरामा फ्रेब्रुअरी ५ मा सिड्नीमा फ्रेब्रुवरी ६ र ७ मा मेलबर्नमा फ्रेब्रुवरी १३ र १४ मा एडिलेड सहरमा फ्रेबुअरी १९ र ब्रिसबेनमा फ्रेब्रुअरी २१ मा प्रदर्शन गर्दै छ । चलचित्रमा ‘सानी’को भूमिकामा अभिनय गरेकी नायिका केकी अधिकारी र ‘देव’को भूमिकामा अभिनय गरेका नायक सबिन श्रेष्ठको अभिनयलाई दर्शकहरूले अत्यन्तै मन पराएको प्रतिक्रिया दिएका छन् ।

नेपाली चलचित्रको विश्वबजारीकरणलाई विस्तार गर्ने उद्देश्यले चलचित्र ‘भाग सानी भाग’लाई अस्ट्रेलियाबाट प्रिमियर गरेको गैरआवासीय नेपाली संघ एनआरएन एवं चलचित्रका निर्माता चापागाईंले बताए । चलचित्र हेरेर अस्टे«लियाका दर्शकहरूले चलचित्रको कथासँगै गीतसंगीतको पनि तारिफ गरेका छन् । नवल नेपालको निर्देशनमा बनेको यो चलचित्रलाई चापागार्इंले संगीतकार चेतन सापकोटा बेल्जियम निवासी शहदेव गौतम र अमेरिका निवासी बिलोन पोखरेलसँग मिलेर निर्माण गरेका थिए । (सौस)

प्रतिक्रिया