पुनर्विचार हुन्छ : मोर्चा

काठमाडौं, १२ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एकघटक तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मोर्चाको नाकाबन्दीसहितको आन्दोलनमा पुनर्विचार हुने बताएका छन् ।

राजधानीमा आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘नाकाबन्दी भएको लामो समय भइसक्यो । यसले जनजीवन कष्टकर भइसक्यो । आन्दोलन लामो भइसकेकोले अब स्वरूप परिवर्तन गर्नुपर्छ । २÷४ दिनमा बस्ने मोर्चाको बैठकले माघ १८ गते पछिको आन्दोलनको कार्यक्रममा पुनर्विचार गर्ने सम्भावना छ । यसरी आन्दोलन गरेर भएन अब नयाँ ढंगले शसक्त बनाउनु पर्छ ।’

यादवले अबको आन्दोलन तराई मात्रै केन्द्रित नभई पहाड र हिमालसम्म पु¥याएर राष्ट्रिय एकता कायम गर्ने दाबी गर्दै आपूmहरूले चलाएको अहिंसात्मक आन्दोलन असफल भए देश अर्को कोर्र्समा जाने र त्यो बेला आन्दोलन आफूहरूको हातमा नरहने चेतावनी दिए । उनले बाहिर चर्चा भए जस्तो मधेस आन्दोलनको लागि महागठबन्धन निर्माणको योजना नरहेको स्पष्ट पार्दै भने, ‘मधेसमा ९ दलको गठबन्धन छँदै छ त्यसमा अरू दललाई ल्याएर विस्तार गरे हुन्छ । महागठबन्धन निर्माणको आवश्यकता छैन ।’

नेपाल–भारत सम्बन्धको चर्चा गर्दै उनले काठमाडौंको सत्ता दिल्लीको समर्थनमा टिकिरहन र भारत पनि यहाँको सत्तालाई कज्याईरहन चाहने चरित्रको भएको भन्दै जनताबीचमा त्यसखाले सम्बन्ध भने नभएको तर्क गरे । उनले अहिलेको सत्ताले सत्ता टिकाउन अन्धोराष्ट्रवादलाई अगाडि बढाइरहेको भन्दै यसले कसैको पनि हित नगर्ने ठोकुवा गरे । तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संशोधनकै आधारमा नाकाबन्दी खोल्ने स्थिति नबनेको भन्दै नाकाबन्दी खुल्ने प्रोपोगन्डा मच्चाउनुको तुक नभएको बताए ।

उनले अहिलेको संशोधनले आफूहरूको मागको एउटा विन्दु पनि छुन नसकेको भन्दै आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने भए पनि अब मधेसी जनताको बीचमा राखेर मात्रै अघि बढ्ने स्पष्ट पारे । उनले नेपालको हरेक परिवर्तनमा भारतको भूमिका सकारात्मक रहेको भन्दै दुई मुलुकबीचको सम्बन्ध चिरपर्यन्त रहने दाबी गरे ।

प्रतिक्रिया