बोक्सी लागेको भन्दै बालकलाई डाम्ने धामी प्रहरी खोरमा

5_thar (2)पाँचथर, ८ माघ । ओयाम–१ का धनबहादुर राईका १४ महिनाका छोरालाइ बोक्सी लागेको भनी धामीले ढुंगा तताएर डामेको आरोपमा धामी सुकबहादुर राईलाई प्रहरीले पक्राउ गरी कार्वाही सुरु गरेको छ ।

बालकलाई २४ पुसमा पखला लागेको थियो । बालकका बाबु धनबहादुरका अनुसार १४ महिने छोरा दिप्सन राई बिरामी भएपछि धामीलाई जोखाना हेरी उपचार गर्न लगाइएको थियो तर धामीले उल्टै बिरामी बनाइदिएको उनी बताउँछन् ।

धामीले बोक्सी लागेकाले ढुंगा तताएर बालकको पछाडिको अंगमा डामको र घाउ निको नभई बढ्दै गएकापछि उक्त घटना बाहिर आएको हो । पखला लागेका बालकलाई ढुंगा तताई सेकाउँदा निको हुने विश्वासमा धामीले भनेजसरी बालकको उपचार गरेपछि बालकको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो ।

5_thar (1)घटना सार्वजनिक हुनासाथ दोषीलाई पक्राउ गरिएको बाल कल्याण समितिका संयोजक तथा सिडियो पुरुषोत्तम घिमिरेले बताए । घाइते बालकको उपचार पाँचथर जिल्ला अस्पतालमा भइरहेको छ ।

बालकलाइ डाम्ने धामी सुकबहादुर राईलाई प्रहरीले बिहीबार हिरासतमा राखेको छ । बाल हिंसा सम्बन्धी कसुरमा पीडकलाई कार्वाही गरिने भएको छ । बाल अधिकार अधिकृत सरस्वती सिवाकोटीका अनुसार यस्तो कसुर गरेको खण्डमा पीडकलाई १ वर्षसम्म कैद, ५ हजार जरीमाना र पीडितको उपचार खर्चसमेत व्यहोर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया