धोनीविरुद्ध वोरेन्ट जारी

dhoni copyअनन्तपुर, २५ पुस । भारतका सफल कप्तान महेन्द्रसिंह धोनीले कानुनी झमेला बेहोर्नु परेको छ । भारत आन्ध्र प्रदेशको एक अदालतले भारतीय एक दिवसीय टिमका कप्तान महेन्द्रसिंह धोनीविरुद्ध वारेन्ट जारी गरेको छ ।

अदालतले हिन्दुको धार्मिक भावनामा ठेस पु¥याएको भन्दै वारेन्ट जारी गरेको थियो । आन्ध्र प्रदेशको अनन्तपुर जिल्लाको अदालतमा धोनीविरुद्ध गोपाल राय र श्याम नाम गरेका हिन्दुको धार्मिक भावनाविरुद्ध काम गरेको भन्दै उजुरी दिएका हुन् । त्यही उजुरीको आधारमा धोनीलाई जमानतका लागि उपस्थित हुन अदालतले वारेन्ट जारी गरेको हो ।

गतवर्ष एक पत्रिकामा धोनीलाई एक हिन्दु देवताको अवतारको रूपमा प्रस्तुत गरिएको थियो । तस्बिरमा धोनीका धेरै हात थिए । जसमा उनले एक हातले जुत्ता समातेका थिए । उजुरीकर्ताले यसले हिन्दुको धार्मिक भावनामा ठेस पुगेकोे दाबी गरेका छन् । अदालतले धोनीसँग पत्रिकालाई पनि उपस्थित हुन आदेश दिएको छ ।

प्रतिक्रिया