खोजखबर

खै कहाँ गयो ग्यास ?

सौर्य अनलाइन २०७२ पुष २२ गते १५:५४ मा प्रकाशित

FITURE11 copyयतिबेला राजधानी मात्र होइन देशको हरेक घर, जहाँ एलपी ग्यासविना चुलो बल्दैन ती चुलाहरू आकलझुकल मात्र बल्ने गरेका छन् । मन परेको बेला भेटिने प्रेमीप्रेमिका जस्तै बत्ती पनि मन खुस भएको बेला आउँछ । त्यही मौका छोपेर साँझको खाना दिउँसै बनाउन बाध्यछन्, राजधानीबासी । कुनै बेला शोखले हुनेखानेले प्रयोग गर्ने एलपी ग्यास यतिबेला आममान्छेका लागि आधारभूत आवश्यकता बनेको छ तर पाउन भने कठीन । महिनौँ ग्यास बिक्रेताको घर धाएर हैरान राजधानीका गृहणीहरूको आक्रोश सामान्य छैन । सौर्यकर्मीले भेटेका केही ग्यास पीडितको आक्रोश ः

‘ग्यास सकिएको ३ महिना बित्यो, पहिला त भात पकाउने समयमा बत्ती आउँथ्यो । अहिले कहिले राती आउँछ कहिले दिउँसो’ ‘बत्तीको भर छैन । आएको बेला हिटरमा पकाएर खान्छाँै नत्र भोकै बस्नुपरेको छ’ काठमाडौं रातोपुल बस्ने अनिषा कँुवरको भोगाइ हो यो । अनिषाको जस्तै भोगाइ निम्न र मध्यम वर्गका सबैको साझा समस्या बनेको छ । ‘दिनहुँ धाउँदाधाउँदा १ महिना पहिला आधा सिलिन्डर ग्यास पाएको थिएँ । त्यो पनि २० दिनमा चट् भयो,’ अनिषाले बताइन् । सामान्य अवस्थामा उनको घरमा १ सिलिन्डर ग्यासले डेड महिना धान्ने गरेको थियो । ‘बत्ती भएको बेला हिटरमा खाना पकाउँछु, ग्यास बचाउने लोभमा तर त्यो पनि टिकेन,’ उनले गुनासो गरिन् । अनिषाले रातोपुलमा रहेको मट्टितेलको डिलरमा ग्यालिन राखेको २ महिना बित्यो तर अहिलेसम्म उनले मट्टितेल पाएकी छैनन् । रातोपुलमा रहेका उक्त डिलरमा ३ महिनादेखि राखिएका १ हजारभन्दा बढी ग्यालिन र बोतल अहिले पनि लाइनमा छ तर मट्टितेल आउने संकेतसम्म पाएका छैनन्, कसैले ।

सरकार खाना पकाउने समयमा बत्ती दिन्छु, हिटर र इलेक्ट्रिक चुलोमा खाना पकाएर खानु धैर्य गर्नु भन्छ तर बत्ती आउँदैन । कामकाजी भोकै काममा जानुपर्ने अवस्था आइसक्दा पनि जिम्मेवार निकाय मौन जस्तै देखिएको छ । दिनहुँ यति बुलेट ग्यास र यति ट्यांकर डिजल, पेट्रोल र मट्टितेल भित्रियो भन्ने समाचार सुनेर बसेको छन् राजधानीका जनता । कहिले राष्ट्रियताको नाममा त कहिले स्वाभिमानको नाममा कष्ट उठाउँदै छन्, यी नै नेपाली जनता । सरकार छ वा छैन भन्ने सम्मको अनुभूति गर्न पाएका छैनन् । बजारमा छ्यास्छ्स्ती पाइने कालो बजारीको इन्धन उपयोग गर्ने सामर्थ निकै कम जनताको छ । आमजनता यतिबेला कालो बजारी, महँगी र अभावको चपेटामा सरकारका चिल्ला र निरर्थक आश्वासन सुन्न विवश जस्तै बनेका छन् ।

‘घरमा लडेका रित्तो सिन्डिरले बेलाबेला गिज्याएभैmँ लाग्न थालेको छ, आगो बाल्न ठाउँ पनि छैन । ठाउँ पाए दाउरा पाइँदैन’ ज्ञानेश्वर बस्ने इन्दिरा सिंहको भोगाइ हो यो । ‘२ महिनाअगाडि आधा सिलिन्डर ग्यास पाउँदा केके न पाए जस्तै भएको थियो, त्यो सकिएको पनि महिनौ बित्यो । न मट्टितेल पाइन्छ न ग्यास ! एकै सासमा सुनाइन उनले आफ्नो वेदना । जब खाना बनाउने बेला हुन्छ बत्ती जान्छ । कतिबेला आउला र पकाउँला भनेर कामधाम छोडेर खाना पकाउन बस्नुपर्ने भएको छ, सिंहले थपिन् । इन्दिराको चुलोमा कहिलेकाहीँ डिजेल राखेर स्टोप पनि बल्ने गर्छ । डिजेलमा स्टोभ बाल्दा पिरो धुवाँले सताउने गरेका उनले बताइन् । तर, त्यही डिजल पाउन पनि कठिन रहेको उनको भनाइ छ । हरेक दिन भारतबाट भित्रिएका इन्धनमा समाचार इन्दिराले पनि सुन्ने गरेकी छन् । सधैँ टिभीले भन्छ यति ग्यास, पेट्रोल, मट्टितेल र डिजल आयो तर हामीले पाएका छैनौँ आखिर जान्छ कहाँ ? आक्रोशीत हुँदै उनले प्रश्न गरिन् ।

समस्या अनिशा र इन्दिराको मात्र होइन निम्न आय भएका तल्लो वर्गका आम उपभोक्ताको हो । महिनौँ धाएर पाएको आधा सिलिन्डर ग्यासमा कति तौल छ भनेर त बिक्रेताले हेर्छ न उपभोत्ताले । आधा सिलिन्डर ग्यास हात लाग्दा संसार जिते जस्तो गरी दौड्न बाध्यछन् जनता । जब हप्तौ दिनमा ठूलो उमंगले भित्राएको आधा सिलिन्डर ग्यास चट् हुन्छ अनि दुःख मान्नु र पछुताउनुको विकल्प रहँदैन । यो नियती पनि सामान्य जस्तै बनेको छ राजधानीलगायतका जनताको । यस्तो आधा सिलिन्डर ग्यासको तौलमा कसैले अनुगमन गर्ने गरेको छैन । आफूलाई उपभोत्ताको ठूलै हितमा लागेको भनी टोपल्नेहरू पनि यसका मौन छन् किन ? यस्ता कार्यले जनता ठगिँदै जाने र उद्ययोगीहरू मौलाउँदै जाने निश्चित देखिन्छ ।

‘ल जा, कति दिन धाउँदाधाउँदा गरेको आज त आधा सिलिन्डर भने पनि बल्ल पाएँ’ केही अगाडि काठमाडांैको सेतोपुलमा ग्यासमा हात लगाउँदै सिफलकी श्रृजना दहालले भनिन् । ग्यासको लागि उनले आफ्नो ग्यास बिक्रेताको कोठासम्म धाएको पीडा त्यत्तिबेला बिर्सिए जस्तै गरी दंग थिइन् । अधेँरी रातको ९ बजे आधा सिलिन्डर ग्यास सुम्सुम्याउँदै भनिन्, ‘अहिलेदेखि हो र यो साहुकोमा धाएको बल्ल भने दियो’ अधँेरी रातमा प्रफुल्ल थिइन् श्रृजना । ‘कति दिन भयो बिहान बेलुकै आएर भनेको, पसल खुल्दैन, मोबाइल अफ गरर बसेको हुन्छ भेटन पनि गाह्रो छ, । हिजोआज उक्त ग्यास पसल खुल्दैन उपभोक्ताको भिड साहुको डेरामा जम्ने गरेको छ । उपभोक्ताको दबाब र माग थेग्न नसकेर पसले फोन अफ गर्न वाध्य छन् । यो सम्पूर्ण साना व्यापारीको पीडा हो ।

लाइनमा बसेर वा आफ्नो बिक्रेतासँग माग गरेर ग्यास पाउन निकै कठिन बन्दै छ काठमाडौंका जनतालाई । आफ्नो मर्काले आक्रोशीत भएका हरेकको प्रश्न तेस्रिने गरेको छ । कहाँ जान्छ ग्यास ! हरेक दिन विराटनगर, नेपालगञ्ज, भैरहवालगायत नाकाबाट भित्रिएका दर्जनौँ बुलेट ग्यास, ट्यांकरका डिजल, पेट्राल र मट्टितेल कहाँ गइरहेको छ जनताका शंका बढ्दै छ । भित्रिएका इन्धननको व्यवस्थापन गर्ने हो र कालोबजारी नियन्त्रण गर्ने हो भने जनताले यतिबेला भोगेको अभाव नियन्त्रण हुनेमा कुनै शंका छैन । यसमा राज्य र सम्बन्धित निकायको ध्यान बेलैमा जानु जरुरी छ ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय