पदाधिकारीहरूलाई स्वागत

kalakar sanghकाठमाडौं । टेलिभिजन कलाकर्मी मञ्च ‘टाफोन’ले नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागतसँगै कार्यकाल सफलताको शुभकामना पनि व्यक्त गरेको छ । टाफोनकी अध्यक्ष दिपाश्री निरौलाको सभापतित्वमा भएको कार्यक्रममा सानोपर्दा र ठूलोपर्दाका कलाकार सबैले मिलेर काम गर्नुपर्ने वक्ताहरूले धारणा राखे । कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले सानो पर्दाका कलाकारहरूलाई आपूmले झन् बढी सम्मानका साथ हेर्ने गरेको बताए ।

ठूला पर्दाका कलाकारहरूले सानो पर्दाका कलाकारहरूलाई कलाकार नै नमान्ने प्रथाको अन्त्य गर्दै सबैलाई मिलाएर लैजान आपूmले भूमिका खेल्ने उनको भनाइ रहेको थियो । ‘म पनि सानोपर्दा बाटै आएको कलाकार भएकाले पनि सानो पर्दालाई म निकै सम्मानका साथ हेर्छु ।’ बोगटीले भने, ‘आखिर सानोपर्दा भएपनि ठूलोपर्दा भए पनि गर्नुपर्ने काम उही नै हो, मेहनत उस्तै हो, त्यसैले हामी सबै एकै हौँ भनेर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा टाफोन अध्यक्ष दिपाश्रीले कलाकार संघ सदैव टाफोनका लागि सहयोगी हुनेमा विश्वस्त रहेको धारणा राखिन् । (सौस)

प्रतिक्रिया