छोटो समयमै प्रभावकारी कैलाली

छैटौ राष्ट्रिय खेलकुदमा कैलालीका बिसाल श्रेष्ठले तेक्वान्दोमा स्वर्ण पदक जित्नेमा धेरै तेक्वान्दोकर्मीले कमै सम्भावना देखेका थिए । खेलकुदको उत्कृष्ट पूर्वाधार र चहल पहल नदेखीएको कैलाली पछिल्लो समय नेपाली खेलकुदको अब्बदल जिल्ला मध्य एकको रूपमा रहेको छ । श्रोत, साधन र सुबीधाको दृष्टकोणले एकदमै पछि रहेको कैलालीको विगत त्यत्ति गर्व गर्न लायक छैन । तर, सन्तोषजनक र आशालाग्दो भबीश्य बोकेर बसेको छ , सुदुर पश्चिमको कैलाली ।

तामझाम, तडकभडक र खेलकुदमा लगानी सबै कुरामा एकदमै पछि परेको छ, कैलाली । सुदुर पश्चिमको अन्य भौगोलीक तामझाम भन्दा फरक रहेको यो जिल्लाको प्रस्ट इतीहास छैन । थुप्रै कुरा अलिखित छन् । यहाका सस्ृकतीक र जनजिवनको विकास क्रमले फड्को मारेको पनि धेरै भएको छैन विगतमा यहाको भु बनोट पनि उत्कृष्ट मानीएन । जग्गाको मुल्य पनि सस्तो । ४० को देखि पहाडीयाहरू तराइ झर्ने क्रम तीब्र भए पछि धनगढीको जनसंख्यामा एकाएक बृद्धी भयो । बझांग, बाजुरा, अछाम बैतडी र डडेल्धुराबाट यहा ओइरिने क्रम सुरु भयो । सुरुवातमा यहा रहनेका लागि खेलकुद खासैै चासोको विषय रहेन । यसकारण खेलकुदमा कैलालीको इतीहास नै लेखियो भने पनि दुइ या तीन दशकको इतीहास हो ।

नेपालमा प्राचिन इतीहास बाकेको एथलेटिक्स, पुरुष फुटबल, पुरुष भलीबल र बक्सींगले पनि कैलालीलाई लामो यात्रा पार गर्दासम्म छुन सकेन । यसको खासै प्रभाव रहेन । सुरुमा भलीबलको प्रभाव कैलालीमा देखियो । संयोग मान्नु पर्छ चिनिया मार्सल आर्ट उसु दक्षिण एसियामा फैलने क्रममा सुरुवात सन् ९० को दशकको अन्त्यमै ब्यापक भयो । त्यो ब्यापकताको पहिलो चरणमा भने कैलाली अछुतो रहेन । तेक्वान्दोको सुरुवाती चरणले कैलालीलाई छोएन । केही समय पछि गोबीन्द विस्ट र केशब दत्त भट्ट तेक्वान्दोमा देखिए । त्यस पछि दिपक विस्टको उदय गराउने क्रमममा कैलालीको सबैभन्दा ठूलो भुमिका रह्यो ।

यो जिल्लाले नेपाली खेलकुदलाई धेर थोर गुन नलगाएको होइन । डडेल्धुरामा जन्मीएका र हुर्कीएका नेपाली तेक्वान्दोका कीर्तिमानी खेलाडी दिपक विस्ट महेन्द्रनगरसम्म हुदा भलीबल खेल्थे । उनी २०५२ मा धनगढी पुगे पछि एकाएक तेक्वान्दोमा आबद्ध भए । केशब भट्ट र गोबीन्द विस्ट उनका सुरुवाती दिनका प्रशिक्षक । अहिले देबराज चौधरी, गोबीन्द विस्ट र शेर बहादुर सिंह पुराना तेक्वान्दो कर्मी जिल्ला खेलकुद विकास समिती धनगढीमा कार्यरत ।

२०५७ मा काठमाडौमा भएको मंगलादेबी राष्ट्रिइ महिला लिग फुटबलमा कैलाली दोस्रो भएकाृ थियो । त्यसै प्रतियोगितामा उत्कृष्ट फरवार्ड घोषित चन्द्रा भण्डारी अहिले पनि नेपाली राष्ट्रिइ फुटबल टोलीकी उपकप्तान छिन् । नेपाली महिला फुटबलमा कैलाली अहिले पनि विभागीय टोली भन्दा बाहीरको सबै भन्दा अब्बदल नै मानीन्छ । यो अब्बल बर्तमानको सुरुवात १२ बषै भन्दा अघि नै भएको थियो ।

सन् २००० काठमाडौमा पहिलो दक्षिण एसियाली उसु च्याम्पियनसीप भएको थियो । नेपाली दवदवा रहेको उसुमा श्याम बिस्टले स्वर्ण पदक जिते । रतन खातीले काश्य पदक जिते । त्यस पछि सर्मीला चौधरी नेपाली उसुमा उदाइन् । उनीसंगैका उदाएकी किरण चौधरी ।

बिष्णु चौधरी, सहदेब विस्ट र भागीराम बखेरिया कुनै समयमा नेपाली भलीबलमा परिचित अनुहार । भलीबलमा लागेर एसियन खेलकुदमा सहभागिता जनाएका सहदेबलाइ धनगढीमा पहिलो पुस्ताका खेलाडीको रूपमा हेरिएको छ ।

सामाजीक जिवन र खेलकुद
सुदूरपश्चिमका अन्य नौ जिल्लाका लागि पनि केन्द्र बनेको र काठमाडौ आउने नाका बन्दै गएपछि पहाडी जिल्ला, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा लगायत स्थानबाट बर्सा सराइ गर्ने क्रममा पछिल्लो समय कैलालीको जनघनत्व घढ्दै गएको हो । यसरी बढ्ने क्रममा ४० को दशकमा अन्य क्षेत्रबाट बसाइ सरेका मुल रूपमा पहाडीय मुलका ब्यक्तिबाटै कैलालीमै खेलकुदले प्रबेश पाएको थियो । ४० को दशकमा भलिबल र भारोत्तलन लगायत खेल मात्र चर्चामा रहेको यो जिल्लामा ५० कै दशकमा उसुले प्रवेश पायो ।

५० को दशकमा कैलालीमा परापूर्व कालदेखि रहँदै आएका चौधरी समुदायमा यो खेलले प्रवेश पायो । त्यसपछि नै कलालीको खेलकुदले माथिल्लो उचाइ समेत प्राप्त ग¥यो । ५० का दशकको मध्यमा आएको यो परिवर्तनसंगै यत्ति छिटो यसको प्रभाव देखियो की ५७ मा भएको राष्ट्रिय महिला फुटबलमा नै कैलाली उपविजेता बनेको थियो । फुटबल, भलीबल र उसुमा प्रभावकारी रहेको कैलाली पछिल्लो समय एथलेटिक्समा राम्रो रहेको छ । संयोगबश यी सबै खेलमा पछिल्लो पुस्तामा आइपुग्दा चौधरीहरू नै अघि रहे ।

छोटो समयमा प्राप्त यो सफलता र उपलब्धीका बाबजुद कैलालीको समाजिक क्षेत्र र औद्धौगीक क्षेत्रको भने खेलकुदमा खासै ठूलो भूमिका रहेको छैन । ठूला अन्तराष्ट्रिय प्रतियोगिता नहुने यो जिल्लामा औद्योगिक क्षेत्रले सहयोग नगरेको कारण नै सम्भब हुँदैन । सबैभन्दा ठूलो अन्त्राष्ट्रिय प्रतियोगिातको रूपमा गोजुरियो करातेको अन्तराष्ट्रिय प्रतियोगिता हो भने सेवा नर्सिङ होमले गरेको एक लाखको प्रायोजन ने सम्भवतः निजी क्षेत्रले खलका लागि गरेको सबैभन्दा ठूलो सहयोग हो । प्रशासनिक निकाय, सञ्चार राजिनितीक नेतृत्व सबै क्षेत्र कैलालीको खेलका बारे अत्यन्त मौन नै छन् । राजनितीक र समाजीक नेतृत्वमा रहेनका लागि त यहाका उपलब्धीको समान्य हेक्का समेत रहने गरेको छैन ।

निजी क्षेत्रबाट दुई खेल एकडेमी पसञ्चालनति छन् । धनगढी क्रिकेट एकडेमी प्रतियोगिात आयोजना गर्न र हाइफाइमा ब्यस्त छ । तर, साइनीङ सन फुटबल एकडेमीले स्थापनाको पाच बर्षमा छुट्टै प्रभाव देखाएको छ । गत बर्ष भएको महिला राष्ट्रिय लिगमा सेमिफाइनल पुगेको कैलालीको टोलीमा यसै एकडेमीका १६ जना रहेका थिए । यसैगरी महिला राष्ट्रिय लिगमा यसै एकडेमीका १४ जान खेलाडी सुदुर पीश्चमको टोलीमा रहेका थिए ।े सुदुर पीश्चमले पाचौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा निजी स्तरमै सञ्चालीत विय स्पोर्टिङ क्लबको भुमिका महतवपूर्ण रहेको थियो ।

कैलालीका स्टार

सुदुर पीश्चमले छैटौ राष्ट्रिय खेलकुदको जुडो खेलमा चार स्वर्ण पदक जित्यो । यी चार मध्य तीन खेलाडी मोहन बम, राज ओझा र गंगा चौधरीले स्वर्ण पदक जिते । बंगलादेशमा सम्पन्न क्याडेट जुडोमा पहिलो स्थान पाउने नेपाली टोलीमा प्रशिषकको भुमिका समेत निभाएका मोहन नेपाली जुडोमा परिचति अनुहार मध्य एकको रुमपा रहेका छन् । विगतमा मार्सल आर्टमा कमजोर रहेको कैलाली पछिल्लो समय सुधार उन्मुख रहेको छ । यस क्रममा जुडोको नयाशक्तिको रुमपा कैलाली उदाएको हो । डडेलधुराका दपक विस्ट त्यहाबाट अध्ययनका लागि महेन्द्रनगर पुगेका थिए । महेन्द्र नगरमै रहदा भलबिल खल्ने गरेका विस्ट कैलाली पुगे पछि तेक्वान्दो खेल्न थाले । गोबीन्द बिस्टको चेलाको रूपमा तेक्वान्दोमा प्रबेश गरेका विस्ट नै नेपाली तेक्वान्दोको उपल्लो स्टार बन्न सफल भए । अहिले पनि गोबीन्द सहित देबराज चौधरी र शेर बहादुर सि.ह उत्तिकै उत्कृष्ट रहेका थिए । पछिल्लो पुस्तामा बिसाल श्रेष्ठ त्यत्तिकै प्रभावकारी खेलाडीको रूपमा परिचित छन् । अन्य पावर गेममा बक्सीङका लक्ष्मण साउद र रब िरोकाय परिचति खेलाडी हुन् । यी दुवै खेलाडी छैटौ राष्ट्रिय खेलकुदका स्वर्णधारी हुन् । करातेका अरूण कुबर केह िदिन अघि भएको राष्ट्रिय छनोट करातेमा अरूण कुबर दोस्रो भ एभने लाल बहादुरराना सेमिफाइनलमा प्रबेश गरे ।

चन्द्रा भण्डारी नेपाली फुटबलकी चर्चीत अनुहार । साच्चै भन्ने हो जसको चर्चा बिना नेपाली महिला फुटबलको इतिहास अपुरो नै हुन्छ । ५० को दशकको मध्यमा कैलालीको जुगेका क्षेत्रमा पूर्वक्षेत्रबाट बसोबास गर्नेको संख्या बढ्यो । यसले कठोर घरेलु सस्कारमा रहेका कैलालीका महिलालाई अली आधुनीक बनायो । यस पछि खुलापनमा रहेका कैलालीका महिलाले नेपाली खेलकुदमै एउटा हिस्सा आगट्यो ।

बि.स २०५७ मा काठमाडौमा भएको महिला लिगमा कैलाली उपविजेता हुदा चन्द्रा उत्कृष्ट खेलाडी भएकी थिइन् । उनी १३ बर्ष भन्दा बढी राष्ट्रिय टोलीमा रहिन् । पाच बषृ अघि काठमाडौका भरत थापाले साइनिङ सन फुटबल एकेडमेी स्थापना गरे । त्यस एकडेमीको प्रभावको रूपमा रुबिना चौधरी उत्कृष्ट मिडफील्डरको रूपमा उदाएकी छिन् । त्यसै क्लबका मनीराम चौधरीको सुदुर पश्चिमले छैटौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्दा सबैभन्दा महत्वपूणृ भुमिका रहेको थियो । कैलाली राष्ट्रिय लिग फुटबलमा सेमिफाइनल प्रबेश गर्दा रक्षकको भुमिका नभिाएकी अमुता जैसी र फुवाडस् निरा सुनुवार सुदुर पश्चिमका प्रभावकारी खेलाडी थिइन् । कैलाली जिल्ला पछिल्लो समय मुल रूपमा तीन खेलमा लागि राम्रो रह्यो । उसु, फुटबल र भलीबलमा कैलालीका महिला नै उत्कृष्ट रहे । कुनै समयमा राष्ट्रिय खेलाडी बिष्णु चौधरी प्रशिषक भउ पछि आफ्नै घर आगनमै कोर्ट बनाएर प्रशिक्षण बगराउन थाले । उनको छोबी नेबिका चौधरी नै बर्तमान नेपाली भलबिलकी उत्कृष्ट खेलाडीको रूपमा रहेकी छिन् । यसैगरी पोखरामा फीस्टेबल एकडेमीमा रहेकी सरस्वती चौधरी त्यत्तिकै उत्कृष्ट खेलाडी हुन् भने महिला भलबिलमा परिचति एपीएफ टोलीका दुइ बाहेह पहिलो रोजाइका सबै खेलाडी कैलालीकै हुन् ।

पहिलो दक्षिण एसियाली उसु च्याम्पियनसीपमा कैलालीका श्याम विस्टले स्वर्ण पदक जितेका थिए । त्यसै प्रतियोगितामा कैलालीकै रत्तन खातीले काश्य पदक जिते । खातीले प्रशिक्षको रुमपा नेपाली खेलकुदमा दिलाएको योगदान भने प्रससनीय नै छ । उनकी शिष्य एलीना चौधरी ११ ओ दक्षिण एसियाली खेलकुदकी काश्य पदक विजेता हुन्. भने बैककमा भएको एसियन मार्सल आर्टमा सहभागि खेलाडी हन् । दुइ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक धारी हिरा चौधरी कैलालीकै अर्की स्टार खेलाडीको रूपमा रहेकी छिन् । जिम्न्यास्टिकका भुवा चोधरीले पाचौ राष्ट्रिय खेलकुदमा पाच तथा छैटौमा तीन स्वर्ण पदक जिते । जिम्न्यास्टकमै भक्त बहादुर चौधरी र जितेन्द्र चौधरीले पनि राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जिते । श्याम सि.ह चौधरी , सुदेस सागर जोशी र तीर्थ आशाको प्रशिक्षणमा उनीहरूले यो पायला तय गरेका थिए ।

ब्याडमिन्टमा इन्द्र महता, पुशपती पनेरु र पंकज चन्द अहिले पनि परिचित खेलाडीको रूपमा रहेका छन् । यसैगरी चेसमा दिर्घराज जोश ीओलम्पियाड खेलाडी हुन् भने महेश खड्का भबश्यिमा आशा लागने खेलाडीको रूपमा रहेका छन् ।

कुनै समय फुटबल खेल्ने गरेकी सबिता चौधरी राष्ट्रपती रनिङ शिलड खेल्न काठमाडौ आएकी थिइन् । प्रशिक्षक सुनील नरसिह राणाको नजरमा परे पछि उनी एथलेटिक्स खेल्न थालेकी थिइन् । छैटौ राष्ट्रिय खेलकुदमा घरेलु ट्रायकमा उनले १ सय र ४ सय मिटर हर्डल्सुमा राष्ट्रिय कीर्तिमान कायम गर्दै आफूलाई नया स्टारको स्थापीत गरिन् । एथलेटिक्समै नरेस चौधरी हाइजम्पमा सम्भावना बोकेको खेलाडीको रूपमा रहेका छन् ।

क्रिकेटमा पहिलो राष्ट्रिय खेलाडी बन्ने अबसर प्रमे चौधरीले पाएका थिए । सूरु।मा उनी यु–१९ टोलीमा रहेका थिए । उनी पछि भुवन कार्की राष्ट्रिय टोलीका प्रभावकारी सदस्य हुन सफल भए । उनीसंगै सोनु खडक महिला राष्ट्रिय टोलीकी प्रभावकारी सदस्यको रूपमा रहेकी छिन् । उनी नेपालकै उत्कृष्ट अलराउडरको रूपमा रहेकी छिन् ।
(दुई वर्ष अघि राष्ट्रिय खेलकुद परिषद्का लागि तयार पारिएको स्थलगत रिपोर्टमा आधारित)

प्रतिक्रिया