दीपाको ‘समुच्च विचार’

dipa raiविदेशी भूमिमा दीपा जन्मनु उनको इच्छा थिएन, रहर र बाध्यता थियो । बुबाको नोकरी र आमाको नियतिबीच दीपाको जन्म हुँदा स्वाभाविक रूपमा परिवारजन निकै खुसी बनेका थिए । दीपा अहिले हङकङमै बसेर नेपाली माटो र मायाको सुवास विश्वभर छर्दै छिन् । केही हप्ताअघि उनी काठमाडौं आएकी थिइन् । काठमाडौमै रहँदा किरात राई खेलकुद संघले प्रायोजन गरेको कार्यक्रममा उनले एकल कविता वाचन पनि गरिन् । बुबाले फौजी पेसा रोजे तर दीपाले साहित्यलाई आफ्नो जीवन र बाँच्ने आधार बनाएकी छिन् ।

उनी भन्छिन्, ‘साहित्यमा उचो र नीच हुनु हुँदैन । पुरुष र महिलामा साहित्यले पनि समान न्याय गर्न सक्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्दै समुच्च विचार काव्यिक आन्दोलनको सुरुआत गरेकी हुँ ।’ चौतर्फी रूपबाट उत्साहपूर्ण सहयोग र सद्भाव प्राप्त गरिरहेकी छु ।

उनको विचारमा महिला आफैंमा साहित्य हो, सिर्जना हो । ऊ एउटा मरुभूमि पनि हो । ऊ आफैंमा प्रेमको खानी पनि हो, ऊ दुर्गा हो, ऊ काली हो, ऊ द्रौपदी पनि हो, ऊ महाकाली पनि हो, तसर्थ सै दृष्टिकोणबाट हामी नारी र पुरुषप्रति समुच्च विचार प्रकट हुने खालका साहित्यलाई अबका पुस्तामाझ परिचित गराउन सक्नुपर्छ भन्ने उद्देश्यलाई केन्द्रित हुँदै काव्यिक आन्दोलनमा जुटेको दीपा बताउँछिन् ।

पछिल्लो समयमा नारी स्रष्टाहरूले उल्लेख्य रूपमा कलम चलाउनुमा राम्रो संकेत देखिएको अनुभव गर्दै दीपा भन्छिन्, ‘अब सबै रोनाधोना र महिलालाई उपल्लो दर्जाकी मान्छे भन्ने र शृंगारिक साधन मात्र ठाक्ने शब्दहरूलाई मात्र साहित्यमा बाहुल्यता दिन उचित नहोला ।’

‘अबको साहित्य लेखन वास्तविक धरातल छोएर लेखिनुप¥यो । सबैप्रति समुच्च विचार प्रकट गर्ने हैसियत प्रत्येक स्रष्टा सर्जकमा बन्न सक्नुप¥यो भनेर नै काव्यिक आन्दोलनमा जुटेकी हुँ’ दीपा भन्छिन् । अहिलेका प्रिय स्रष्टा साहित्यकार आफूलाई स्वनामधन्य नारीवादी लेखन भनेर प्रस्तुत भइरहे पनि दीपाको विचारमा महिलाका विषयमा लेखन गर्दा पुरुषले पूर्णरूपमा न्याय गर्न सक्दैनन् भन्ने नै छ । उनी भन्छिन्, ‘पूर्वाग्रह सोचबाट जुन साहित्य लेखिएका छन्, तिनीहरूलाई परिस्कृत गर्न र महिलाका कतिपय मुद्दा र सवाललाई काव्यिक आन्दोलनमार्फत न्याय प्रदान गर्ने भावनाका साथ समुच्च विचारमार्फत अगाडि बढ्ेको हो । ’ उनी भन्छिन् ।

नेपालको पूर्वी भेग इलाममा राई परिवारमा जन्मिएका उनका बाबु आफ्नो मातृभूमिको सेवा गर्न चाहन्थे तर परिस्थितिले उनलाई हङकङे लाहुेर तुल्यायो । उनी लामो समयसम्म ब्रिटिस आर्मीमा जागिर खाए । हङकङमा ०३१ सालमा बुबा गंगाप्रसाद राई र आमा प्रेमकुमार राईको कोखबाट जन्मिएकी दीपा सानो हुँदा आफूमा राष्ट्रप्रतिको दायित्ववोध र चेतना आफूमा खासै नभएको बताउँछिन् । उनी भन्छिन्, ‘सानोछँदा पढ्नुपर्छ र पढेपछि पैसा कमाउनुपर्छ भन्ने मानिसकता हामीमा थियो ।’ अलि बुझ्ने भएपछि विदेशी भूमिमा जन्मँदा र विदेशी भूमिमा बस्दाखेरि आफूमा ‘पहिचानको समस्या’ उनले महुसस गरिन् । उनी भन्छिन्, ‘हङकङमा जन्मेपछि पनि हामीलाई हङकङमा जन्मेको नेपाली भन्ने हुँदो रहेछ । त्यहाँबाट राष्ट्र र राष्ट्रप्रेमको भाव भल्किँदोरहेछ । विदेशमा बस्दा पीडाभन्दा पनि देशप्रतिको माया सद्भाव कसरी जागृत गराउन सकिन्छ भन्ने कुराले बढ्ता पोल्दोरहेछ । धेरै मानिसहरूले यसलाई हीनताबोध भन्ने गर्छन् तर यो हिनतावोध भने होइन ।’

अहिले विश्वव्यापीकरणको युग हो । विश्वलाई बुझ्ने हो भने सकेन्डभरमा विश्वका कुनाकुनाका खबर इन्टरनेट र इमेलमार्फत जान्न पढ्न सकिन्छ । तसर्थ, भौगोलिक भूगोल भिन्न हुँदैमा हीनतावोध र खिन्न मनस्थितिको उपमा दिनुचाहिँ न्यायोचित नहोला दीपा बताउँछिन् ।

साहित्य सिर्जना र कविता लेखनको कुरा कोट्याउँदा दीपा भन्छिन्, ‘०४९ सालमा म आरआर कलेजमा पढ्दाखेरि मैले पहिलोपटक ‘मान्छे’ शीर्षकको कविता लेखेकी थिएँ । पछि त्यो हिमालपोस्ट मासिक पत्रिकामा छापियो । जीवनमा त्यो क्षण म कहिल्यै भुल्न सक्तिनँ ।  दीपा कवितामार्फत आफू मान्छे बन्ने कोसिस गर्दै उच्च शिक्षा हासिल गर्दै थिइन्, एक्कासि उनको जीवनले नयाँ मोड दियो । उनी वैवाहिक जीवनमा बाँधिइन् । आजभन्दा झन्डै १८ वर्षअघि विवाह बन्धनमा बाँधिएकी दीपाका हाल दुई छोराहरू छन् । उनको जेठा छोरा प्लसटुको अधययन गर्दै छन् भने कान्छो छोरा कक्षा सातमा अध्ययनरत छन् ।

दीपासँग जति जोश र जाँगर अनि साहित्यमा समर्पित हुने मन छ, त्यसो त उनको जीवनमा परेको पीडाका पनि कमी छैन । उनी भन्छिन्, ‘जीवन सोचेजस्तो हुँदो रहेनछ । म अहिले यी दुई छोराहरूको एकल अभिभावको रूपमा संघर्ष गरिरहेको छु ।’

लागुऔषधको दुव्यर्सनीमा फसेका श्रीमान्का कारण आफूले बच्चाको भविष्यका लागि भनी श्रीमान्भन्दा अलग बन्ने कठोर निर्णय लिनुपरेको तिक्तता उनीसँग छ । उनी भन्छिन्, ‘म बच्चाको असल अभिभावक भएर प्रस्तुत हुन कठोर निर्णय लिनु नै उचित ठानेँ । म बच्चाहरूको निम्ति १८ घन्टा काम गर्ने एउटा अभिभावक हुँ ।’

जीवन दुईदिनको घामछायाझैँ ठान्ने दीपा आफ्नो सन्तानको खुसी र सुखको निम्ति जस्तोसुकै कठोर संघर्षसँग जुध्ने बानी परिसकेको बताउँदै आफ्नो वास्तविकलाई लुकाउनु नै मानिसको सबभन्दा ठूलो कमजोरी ठान्छिन् ।

दीपा आफूलाई एउटा साधारण गृहणी महिला भन्न रुचाउँछिन् । उनी हातमुख जोड्न र बच्चाको पालनपोषण गर्न विभिन्न सामाजसेवा र सहजकर्ताको काम गर्ने गरेको बताउँछिन् । उनको भित्री चाहना भने साहित्य लेखन नै हो । विशेषगरी उनी कविता विधा रुचाउँछिन् । प्रवासमा बसेर पनि नेपाली भाषा साहित्यको उन्नयनको निम्ति उनले हङकङ साझा साहित्य शृंखलानामक साहित्य कार्यक्रमलाई अगाडि बढाइरहेकी छिन् । मासिक रूपमा आयोजना हुने यस कार्यक्रमले अन्तरक्रियामार्फत् नयाँ लेखकहरूलाई प्रोत्साहित तथा सशक्तीकरण गर्ने मूल लक्ष्यका साथ अघि बढिरहेको उनी बताउँछिन् ।

उनी भन्छिन्, नेपाली भाषा हामी नेपालीको मुटु हो, जहाँ गए पनि जहाँ भए पनि मुटु हामी साथमै हुन्छ । हुनुपर्छ भन्ने अभिप्रायका साथ नयाँ पुस्तालाई नेपाली भाषा ज्ञान दिलाउन कसरी नेपाली भाषालाई स्कुलस्तरमा समावेश गर्न सकिन्छ भन्ने अभियानमा हामी लागपरेका छौँ ।

दीपालाई यस अभियानमा विशेष हङकङका सरकारी स्कुलमा कार्यरत नेपाली शिक्षकहरू देवराज राई, अमोद राई, एकराज राई, शैलेन्द्र बोगटी, नन्दलाल ठकोर, पुर्णकला मीसलगायत हङकङ साहित्य शृंखला परिवारले पनि सहयोग गरेका छन् ।

२ सन्तालाई शिक्षादीक्षा दिनु पहिलो कर्तव्य उनी ठान्छिन् । त्यसो त दीपा नेपालमा आएर साहित्य गतिविधिमार्फत् आफ्नो काव्यिक आन्दोलनलाई अघि बढाउने सोचमा छिन् । उनले ‘अर्धवृत्त’ र श्वेत आकांक्षा’ जस्ता कविता संग्रह पाठकहरूमाझ ल्यासकेकी छिन् । यसको अतिरिक्त  हङकङका समकालीन नेपाली कविता’ सम्पादन गरी सकेकी छिन् । उनका कवितामा पनि समुच्च विचारहरूमा नै लक्षित देखिन्छन् ।

उनी भन्छिन्, ‘हङकङमा किर्डन गार्डेन र प्राइमरी तहमा नेपाली भाषाको पढाइ हुने नीति बनिसकेको छैन । पेन्सनिया स्कुलमा थियो तर अहिले बन्द भयो । जोर्डनमा पढाइ हुन्छ तर निजी विद्यालयहरूमा । यसर्थ, नेपाली भाषालाई सरकारी तवरबाट नेपाली भाषालाई समावेश गरिनुप¥यो भनेर साहित्यकारमार्पmत् यो पहल गरिरहेका छौँ । अहिले हङकङमा ३० हजारको हाराहारीमा नेपाली बसोबास गर्दै आइरहेका छन् । दीपा भन्छिन्, ‘नयाँ पुस्तालाई भाषा सिकाउनका निम्ति हामीले पहल नगरे कसले गर्ला त ?’

‘एकीकृत समाज’ रूपमा विकसित हङकङमा साउथ एसियनहरूलाई शसक्तीकरण गर्नका लागि रोजगारमुलक तालिम दिने गरिन्छ । यसको लागि भ्मगअबतष्यल च्भतचबष्लष्लन द्ययबचम९भ्च्द्य० ले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । कन्स्ट्रक्सन, एजुकेसन, ब्युटिसियन र वारलगायत अन्य सानो तहदेखि ठूलो तहसम्म नेपाली काम गर्ने गर्छन् ।

हाल हङकङमा १ सय ५० को हाराहारीमा नेपालीद्वारा सञ्चालित संघसंस्था छन् । उनीहरूले नेपालीहरूका रहेक किसिमका मर्दा पर्दाका कार्यहरूमा सरसहयोग प्रदान गरिरहेको दीपा बताउँछिन् । हङकङ इलामी समाजकी उपाध्यक्षसमेत रहेकी दीपा आफू समाजसेवा र साहित्यमार्फत समाज परिवर्तनको क्ष्ोत्रमा क्रियाशील भइरहने इरादा राख्दै त्यसतर्फ अग्रसर हुँदै छिन् । उनी भन्छिन्, ‘हामी बाँचेको समाज र हामीमा रहेको चेतना र मानवतालाई साहित्यको माध्यमबाट समुच्च बनाउने जिम्मेवारीबाट हामी कसैले पनि वञ्चित हुन मिल्दैन ।’

प्रस्तुति : मदनकृष्ण सिलवाल

प्रतिक्रिया