कांग्रेस र मोर्चाको विवाद

;+;b a}7s Joj:yflksf ;+;bsf] a}7sdf ;xefuL ;f+;bx? . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं, २७ मंसिर । पुनर्निर्माणसँगै संविधान संशोधन विधेयक पेस गर्न माग गर्दै प्रमुख विपक्षी दल कांग्रेसले आइतबार पनि संसद् बैठक सञ्चालन हुन दिएन । झन्डै साढे २ घन्टा ढिला गरी सुरु भएको संसद्को बैठकको सुरुमा नै कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बोले । उनले यसअघिको बैठकमा कार्यसूचीमा आइसकेको संविधान संशोधन प्रस्तावलाई कार्यसूचीमा नराखेको भन्दै आपत्ती जनाए ।

संविधान संशोधन विधेयकलाई कार्यसूचीमा नराखेर सरकारले के गर्न खोजेको हो भन्दै उनले आफूहरू आश्चर्यमा परेको बताए । ‘हामी प्राधिकरण विधेयकको विपक्षमा छैनौँ, पास हुनुपर्छ’ श्रेष्ठले भने, ‘दोस्रो प्राथमिकतामा संविधान संशोधन विधेयक हुनुपर्छ । यो कार्यसूचीमा नआउँदासम्म छलफल अघि बढ्न सक्दैन ।’ लगतै कांग्रेस सांसदहरू आफ्नो स्थानबाट उठेर नाराबाजी सुरु गरे । सभामुख वनसरी घर्तीले अर्को बैठकमा संविधान संशोधन विधेयकलाई कार्यसूचीमा राख्ने भन्दै बस्न आग्रह गरेकी थिइन । तर, कांग्रेस सांसदहरूले नमानेपछि बैठक २९ गतेसम्म स्थगित भएको छ ।

संसद्मा भूकम्पको पुनर्निर्माणसम्बन्धी विधेयक र संविधान संशोधनको विधेयक अघि बढाउने सम्बन्धमा कांग्रेस र आन्दोलनरत मधेसी मोर्चा आआफ्नै अडानमा देखिएका छन् । यस्तो अवस्था विगत केही दिनदेखि जारी भए पनि निकास निस्कन सकेको छैन ।

दुवै विधेयक संसद्को कार्यसूचीमा राखी सँगसँगै अघि बढाउनका लागि आइतबार कांग्रेस पदाधिकारी र मोर्चाको प्रमुख घटक तराई–मधेस लोकतान्त्रिक पार्टीका नेताको बैठकले अवरुद्ध संसद् खोल्ने विषयमा छलफल गरे पनि दुवै पक्ष आआफ्नै अडानमा टसका मस नभएपछि सहमति हुन सकेन ।

कांग्रेस सभापति कोइराला निवास महाराजगन्जमा भएको छलफलमा कांग्रेसले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र राज्यका हरेक अंगमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता सहितको संविधान संशोधनको प्रस्ताव पेस गर्न दिनका लागि आग्रह गरेको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । मोर्चाको आन्दोलनका माग सम्बोधन गर्ने गरी कांग्रेसले अघि सारेको संविधान संशोधनको प्रस्तावलाई मोर्चाले विरोध गरी पेस गर्न नदिएकामा आश्चर्य व्यक्त गर्दै नेता निधिले भने, ‘हामीले टेबुल गर्न दिनुस्, टेबुल गर्नेबित्तिकै पारित हुने होइन, त्यसपछि छलफलका क्रममा भाषामा थपघट गर्न सकिन्छ, सीमांकनको प्रक्रियाका बारेमा पनि कुरा गर्न सकिन्छ भनी आग्रह ग¥यौँ तर उहाँहरूले मान्नुभएन ।’

तमलोपाका नेताहरूले सीमांकनमा बढी जोड दिनाका साथै एकमुष्ट सहमति गर्नुपर्ने माग गरेको उनले बताए । कांग्रेसले सीमांकनका बारेमा सबै दलसँगको छलफल र सहमतिद्वारा समाधान गर्न सकिने बताउँदै आएको छ ।

तमलोपाले कांग्रेसले अघि सारेको संविधान संशोधनको प्रस्तावले मात्र मधेस र थरूहट आन्दोलनको मुख्य माग पूरा हुन नसक्ने भन्दै एकमुष्ट हल हुनुपर्ने माग राखेको तमलोपाका नेता हृदयेश त्रिपाठी बताए । हाल पुनर्निर्माणसम्बन्धी विधेयक मात्रै अघि बढाउन सहयोग गर्ने मोर्चाका निर्णयका बारेमा अवगत गराइएको उनले जानकारी गराए । बैठकमा दुवै दलले एकार्कालाई लचक हुन आग्रह गरेका थिए ।

कांग्रेस र मोर्चाको यो विवादको मारमा भूकम्पपीडित परेका छन् । पुनर्निर्माणसम्वन्धी कानुन नबन्दा पीडितले चिसोका कठ्यांग्रिदै छाप्रोमा रात काट्नु परेको छ । नाकामा धर्ना बसेर मुलुकलाई अस्तव्यस्त बनाएको मोर्चाले भूकम्पपीडितका नाममा मानवीयता देखाए पनि कांग्रेस कठोर बनेको हो ।

प्रतिक्रिया