‘अवरोध नगर्नुस्’

ram baran yadav copyकाठमाडौं, २६ मंसिर । पूर्वराष्ट्रपति रामवरण यादवले मधेसी दललाई नाकामा जारी अवरोध फिर्ता लिन आग्रह गरेका छन् । उनले मुख्य दलहरूलाई जिम्मेवार भएर संविधान संशोधनमार्पmत् अहिलेको राजनीतिक गतिरोधको अन्त्यका लागि पनि अनुरोध गरेका छन् ।

नेपालको समसामयिक राजनीतिबारे कुलचन्द्र गौतमद्वारा लिखित पुस्तक ‘लस्ट इन ट्रान्सिसन’को विमोचनका अवसरमा बोल्दै पूर्वराष्ट्रपति यादवले सो कुरा बताएका हुन् । यादवले भने, ‘मधेसका पार्टीहरूलाई मेरो अनुरोध छ, तपार्इंहरू आफ्नो आन्दोलनको मोड्यालिटी बदल्नूस्, नाकामा नबस्नूस् अरू उपाय खोज्नुहोस् ।’

यादवले मुलुकको ठूलो हिस्सा र जनसंख्याले संविधानमा आफ्नो अपनत्व महसुस गर्न नसकेको र आन्दोलनमा रहको स्मरण गर्दै भने, ‘म प्रमुख राजनीतिक पार्टीहरू, सरकार र संसद्लाई पनि के भन्न चाहन्छु भने हामीले संविधान त जारी गर्यौं तर समस्या बल्झेर गयो त्यसलाई संवेदनशील भएर वार्ता र संवादबाट यसको हल गर्नुप¥यो ।’

उनले वार्ता र संवादबाट संविधानको संशोधन गरेर अहिलेको समस्याको समाधान गर्नुपर्ने बताए । संसारका लोकतान्त्रिक मुलुकहरू संविधान संशोधन गर्दै अघि बढेको उदाहरण प्रस्तुत गर्दै उनले भने, ‘भारतकै संविधानमा पनि जारी हुँदा दलित तथा सीमान्तकृतहरूका बारेमा धेरै उल्लेख थिएन पछि थपिँदै गयो । संघीयतालाई पनि संविधानले परिष्कृत गर्दै लग्यो ।’ यादवले प्रमुख राजनीतिक दल, सरकार र आन्दोलनरत दललाई मिलेरै संसद भित्रैबाट समाधान खोज्न पनि आग्रह गरे ।

उनले समाज अहिले विभाजित भएकोमा चिन्ता गर्दै भने, ‘समाज विभाजित भएको छ, ठूलो खाडल देखिएको छ तर अहिले पनि समाज संयमित छ । त्यसैले हाम्रो यो विविधतामुलुक समाजलाई एकबद्ध बनाएर अघि लैजानु हाम्रो जिम्मेवारी हो ।’ यादवले संविधानमा सबै सभासद्ले हस्ताक्षर गरिसकेपछि संविधान सार्वजनिक गर्ने काम १५ दिन जति रोकेर भए पनि आन्दोलनरत दलहरूलाई समेटनका लागि आपूmले त्यतिखेर नेताहरूलाई आग्रह गरेको स्मरण गरे । पूर्वराष्ट्रपति यादवले आपूm लोकतन्त्रको बाटो खन्दै अघि बढेको र शान्ति तथा मुलुकको एकताप्रति सधैँ प्रतिबद्ध रहको बताउँदै आपूmले ‘पीडा र समर्पणकाबीच’ संविधान जारी गरेको बताए । ‘अहिले जे समस्या देखिएको छ, त्यसको समाधानका लागि हामी सबै आआफ्नो हठ र अहंकार छोडेर, सहिष्णु भएर अघि बढौँ, यादवले भने, ‘जसले कराइरहेको छ त्यसलाई सहमतिमा ल्याऊँ र समस्या समाधान गरौँ ।’

प्रतिक्रिया