एपिएफको शीर्षता कायमै

main copyकाठमाडौं, २४ मंसिर । सर्वाधिक पुरस्कार राशिको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफले बिहीबार लगातार आठाँै जित निकालेको छ । त्यससँगै एपिएफले लिगमा अग्रस्थान कायमै राखेको छ ।

एपिएफको सबै खेलमा अपराजित रहँदा कुल २४ अंक छ । नयाँ बसपार्कमा भएको प्रतियोगितामा पश्चिमाञ्चललाई २५–१३, २५–११, र २५–१४को सोझो सेटमा पराजित ग¥यो । अर्को खेलमा चण्डेश्वरी क्बलाई हराउँदै न्युडायमन्डले १८ अंकका साथ दोस्रो स्थानमा कायम रहेको छ । न्युडायमन्डले चण्डेश्वरी क्बलाई २५–५, २५–२, र २५–१२ को सेटमा पराजित ग¥यो । अन्य खेलमा एभरेस्ट क्बले विध्यवासिनीलाई २५–१३, २५–४ र २५–११को सेटमा पारजित ग¥यो । यसैगरी नेपाल आर्मीले जानकी स्कुललाई २५–१९, २५–१२, र २५–७ ले हराउन सफल भयो । प्रतियोगिताअन्तर्गत अर्को खेलमा एन्जल हर्ट स्कुलले विजेश्वरी स्कुललाई २५–६, २५–१४, र २५–९ ले पराजित गर्न सफल भयो ।

बिहीबारको अन्तिम खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले जित हात पारेको छ । पुलिसले विध्यवासिनी स्कुललाई २५­–६, २५–२ र २५–३ ले पराजित ग¥यो । ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिता विभिन्न १३ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले २ लाख ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख ३० हजार पाउनेछ ।

प्रतिक्रिया