‘मिसन खेलाडी’ को प्रिमियर

काठमाडौं । इन्चोन एसियाडका पदकधारी तथा चर्चित कराते खेलाडी बिमला तामाङको समेत उपस्थिति रहेको खेलसँग सम्बन्धित चलचित्र ‘मिसन खेलाडी’ को बिहिबार प्रिमियर सो गरिएको छ

प्रिमियर सोमा वन तथा भु–संरक्षण मन्त्री अग्नी सापकोटा प्रमुख अतिथी थिए । यसैगरी, युवातथा खेलकुदमन्त्री सत्यनारायण मण्डल बिशेष अतिथि थिए । कार्यक्रममा बालाजु कराते एकेडेमी डोका प्रमुख ध्रुबविक्रम मल्लका साथै चर्चित ब्यक्तित्व मिरा राई र बिमला तामाङको उपस्थिति थियो । यसैगरी कराते प्रशिक्षक बि आर मित्र र वाइसीएल ताम्सलिङ राज्य इन्चार्ज युवराज दुलालको पनि उपस्थिति थियो ।

खेलकर्मीको पीडालाई विषयवस्तु बनाइएको चलचित्रको निर्माता ज्योती थापा, नकुल शाही र सुशिल शाही हुन् । यसै गरी, निरञ्जन थापा मगर र राज घिमिरेको निर्देशनमा रहेको चलचित्रको साहयक निर्देशक पृथ्वी श्रेष्ठ हुन् । रमन गायकको संगीतमा राजेश पायल राई र रोशनी अधिकारीले संगीत भरेका छन् । केशब अधिकारीकोे छांयाकन रहेको चलचित्रमा शंकर मर्हजनले द्धन्द निर्देशन गरेका छन् । अजय स्याङ्गतान दिपक न्यौपानेको छांयाकन रहेको चलचित्रमा राजन श्रेष्ठ र राम केसीले नृत्य निर्देशन गरेका छन् ।

३ पुषमा रिलिज हुने चलचित्रमा कराते कर्मी निरञ्जन थापा मगर, पृथ्वी श्रेष्ठ, नवराज मास्के, राजन श्रेष्ठ र दिलबहादुर माझीको प्रमुख भूमिका रहेको छ । यसैगरी, चलचित्रमा बिमला तामाङको काता पनि समाबेश गरिएको छ । (सौस)

प्रतिक्रिया