दुःख र देशको झण्डामा रमेर वल्ड टाइटल

muktiकाठमाडौं २२ कात्तिक । कराँतेका खेलाडी मुत्ती संग्राम विष्ट एक समयका मार्सलमा एक उम्दा खेलाडीको रुपमा परिचित थिए । जति उनि खेलप्रतिको माया र लगाव थियो त्यत्ती नै मात्रमा देशभक्ति पनि । सायद त्यसैले पनि होला उनले लामो समय देखि विदेशी मरिभूमिमा रहेरपनि देशका लागि रगत र पसिना वगाएका । उनले सन् २०१५ मा केही समय अगाडी मात्र भएको अमेरिकाको ब्याटल अफ बाल्टीमोर वल्र्ड कराते च्याम्पीयनसिपमा वल्र्ड टाइटलको बेल्ट हात पार्न सफल भए । १६ देखि १७ अक्टोबरमा भएको उक्त वल्र्ड च्याम्पियनसिपमा उनले आफ्नौ समूहका १५ खेलाडीलाई पाखा लगाउँदै नेपाली झण्डाको शान विश्व माझ राखे । विष्टले जसमा ब्रेकिङ डिभिजनमा पनि पदक हात पारे । उनले आफ्नो खेल कयिरमा कयौँ पटक ठूला उपाधि हात पारी सकेका छन् ।

चितवनमा जन्मेका विष्टले २६ वर्षको आफ्नो खेल जीवनमा यस अघि पनि थुप्रै सफलता पाएका थिए । सन् २००२ मा इटालीमा भएको वल्र्ड किक च्याम्पियनसिप र सन्२००३ मा अमेरिककामा भएको अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा कास्य,सन् २००३ मा मेरिल्याण्ड यूएसए ओपन कराते च्याम्पियनसिपमा रजत तथा सन् २००९ मा मर्सर अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । मर्सरको गेममा उनले उत्कृष्ट प्रदर्शन गरवापत स्पेसल रिकोक्नाइजेसन अवार्ड हात पारे । नेपालकोतर्फबाट उनले सन् २००२ मा इटालीको मिलानमा भएको वल्र्ड किक बक्सीङ च्याम्पियनसिपमा कास्य पदक पनि जिते ।

पछिल्लो समय नेपालमा जव खेलाडीहरु विदेशीने गर्छन् उनिहरु राष्ट्र र खेलकुदलाई नै गाली गरेर सबै थोक भेल्छन् । बाहीर रहेर खेल्ने त परै जाउस नेपाली खेलकुदलाई नै भूल्ने गरेको कयौं उदाहरणहरु छन् । विष्ट सन् २००६ देखि अमेरिकाको मेरिल्याण्डमा ग्रीनकार्ड पाएर त्यही बसे । ९ वर्षसम्म उनि विदेशी भूमीमा रहेर पनि नेपाली सधंै नेपाल र नेपाली खेलकुद विकासका लागि नै अग्रसर हुन्छन् ।  नत उनले देशलाइ नै भुले नत आफ्नो प्यारो खेललाई नै । अमेरिकामा नौ वर्षसम्म रहंदाको अवधीमा उनले नेपालकै तर्फबाट प्रतिनीधीत्व गर्दै अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने गर्थे । विदेशी भूमीमा नै रहेर उनले नेपालको लागि खेल्दै कयौँ पदक जिती सकेका छन् ।

mukti1यसअघि चितवनको नारायणघाटमा जन्मी काठमाडौंमा बसेर विष्टले खेल करियरको शूरुवात गरेका थिए । राष्ट्रिय प्रतियोगिता खेल्नू अघावै अन्तराष्ट्रिय प्रतियोगिता खेलेरै हुने विरुवाको चिल्लो पात भन्ने उखानलाई प्रयोग शिद्ध सावित गरे । तत्कालिन समयमा उनले अल एसियन करातेमा ओपन वेटबाछ खेलेका थिए । खेलमा उत्कृष्ट प्रदर्शनका बाबजूत पनि उनले उपाधि भने हात पार्न सकेनन् । विष्टले वि.स २०४४ सालदेखि क्यूकोशिन करातेको केन्द्रीय डोजोबाट खेल्न शूरु गरेका थिए ।

तत्कालिन शुरुआती अवस्थामा उनले रणसंग्राम विष्ट,रामजी ब्रजचार्यबाट प्रशिक्षण लिए । उनले डोजो च्याम्पियनसिपमा पहिलो पटक रिङमा उत्रदा पहिलो बेल्टमा नै रजत हात पारेका थिए ।  सो समय उनले श्याम खड्कासँग फाइनलमा पराजय भोगे । विष्ट अमेरिकामा रहेर अमेरिका फाइनेस्ट कराते एण्ड किक बक्सीङ एकेडमीमा प्रशिक्षण गराउछन् । उनि भन्छन् मेरो खेलको प्रेरणाको श्रोत दिपक खरेल,विष्णू कान्त अर्याल र जगत गौचनपनि हुन् । सुवोध प्रधान दाई,सरोज भटृराई, दिपक श्रेष्ठ(सिलोङ) को साथले पनि पदक जित्न फल भए । खेलसँगै उनले सन् २००१ मा इटालीमा कोबूडो (हात हतीयार,तरबार सम्बन्धी) ट्रेनिङ पनि लिइसकेका छन् । चौथो डानका उनीलाई सन् १९९५ मा आरोहण रजत महोत्सव पदक,सन् २००३ मा गोर्खा बहु पदक र सन् २००२ मा विरेन्द्र, ऐश्वर्य सेवा पदकबाट सम्मान गरीएको थियो ।

प्रतिक्रिया