आसामा बाँचेकाहरु

3बैशाख १२ र २९ को भूकम्पले विस्थापित भएर सिन्धुपाल्चोकबाट विस्थापित भएकाहरुको  जिवन झन– झन कष्टकर बन्दै छ । काठमाण्डांैको बौद्धलगाएत स्थानमा बस्ने उनिहरु विगत छ महिनादेखि पालको भरमा छन् । सिन्धुपाल्चोकको कोदारी घर भएकी सुनिता विक यतिबेला बौद्धमा रहेको बहिनीको टहरामा शरणार्थी भएर बसेकी छन् । परिवारमा वृद्ध पक्षघातरोगले थलिएकी आमा बाहेक कोहि छैनन् उनको । सुरुमा उनि बोडेमा रहेको अस्थाइ सिपवरमा बसीन् उक्त ठाउँमा जग्गा धनिले बस्न नदिएपछि यति बेला बौद्धमा आइपुगेकी छिन् ।

2भूकम्पले खेदिएकी सुनिता आफ्नो दुख पोख्दै भन्छीन –‘गाउँमा घर थियो आफ्नै वारीको अन्न खाएर बसेको थिए्ँ । यति बेला केहि नभए जस्तो कस्ले राहत देलार खाउँला भनेर बस्नु परेरको छ । गाउँ जाने अवस्था छैन घर माथिको पैरोले कति बेला घर पुर्नेहो भन्ने त्रास छ’ । उनको बर्खा कताबाट पानि चुहिन्छ भनेर हात थाम्दैमा बित्यो, अहिले खानपकाउने ग्यास नभएर समस्या थपिएको छ । त्यसमाथि नेपालीहरुको ठूलो पर्व दसौं उनले त्यहि बौद्धको टालटुले पालमा काटिन । गाउमा रहदाको दसैं सम्झदै आँखा रसाए सुनिताको । ‘गाउँमा खासाबाट ल्याएका च्याङ्ग्रा काटेर रमाइलो सँग दसैं मान्थ्यौं । यो दसैं एक किलो कुखुराको मासुले वित्यो । पकाउने ग्यास थिएन दाउरा पनि छैन अरुले छोडेर गएका भत्कीएको टहराको वासले पकाएर खायांै । अव त त्यो पनि सकियो दिन कसरी काट्ने भन्ने समस्यामा छु ।

5बौद्धको भूकम्प पिडीत सिविरमा बस्ने सिन्धुपाल्चोक तातोपानिकी पार्वती लामीछानेलाई यतिबेला घरवारी र बस्तुभाउको मायाँले सताउन थालेको छ । छ महिना भयो उनले पनि राहतको भरमा पालमुनी दिन काटेको तिज र दसैं उनको त्यहि पालमा वित्यो तिहारको पार्खाइमा छिन् उनि । पालमूनीको वासले दिक्क भएकी पार्वती भन्छीन –‘मरे पनि आफ्नै घरमा मर्छु अब केहि दिनमा गाउँ जाने सोच बनाएको छु । केहि नभए जस्तो माग्ने भएर कति बस्नु । पार्वतिको घर माथि पनी पहिरोको त्रास उस्तै छ । जसको कारण उनको परिवारले घाम पानिको प्रतिकार त्येहि पालबट ग¥यो । ‘गाउँमा हुदाँ दसैंमा जमारा राखिन्थ्यो घर रंगाउने चटारो हुन्थ्यो, टिका लगाउन जाने र आउनेले घरको रौनक अर्को हुन्थ्यो । यो वर्षको दसौं त्येसै वित्यो’ मलीन अनुहार बनाउदै पार्वतीले भनिन । न जमारा न फलुपाती ?

काठमाण्डांैको खुल्ला स्थानमा सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, लगाएतका जिल्लाबाट आएका भूकम्प प्रभावितका अस्थाइ टहरा एवं टेन्ट अहिले पनि बाँकी छन् । उनिहरु येति वेला अनेक समस्यामा दिन विताउँदैछन । धेरैले बर्खा चुहिने पालमा विताए तलबाट बग्दै आएको पानीले विरामी हुनेको संख्या पनि कम थिएन । वाच्नका लागी जे पनि गर्नु पर्ने रहेछ भन्छन् उनिहरु । अहिले आफूसँग भएको दाल चामल पकाउन ग्यासको अभाव झेल्दैछन् उनिहरु । आफ्नो गाउँमा भए दाउराले भए पनि पकाएर खानेथियौं । यहाँ न ग्यास छ न मट्टिलेत छ न दाउरा छ पार्वतिले यति बेला सारा नेपालीले झेली रहेको समस्या सुनाइन ।

बौद्धको शिविरमा अहिले पनि पचास परिवार टेन्ट र पालमुनी बस्छन् । दसैं अगाडि यहाँका  पचाँस परिवार आफ्नो घर गएको स्थानिय शिव विकले बताए । यस शिविरमा बस्नेहरुको अवस्था अत्यन्तै दयनिय रहेको विकको भनाइ छ । छ महिना भयो राहतको भरमा बसेकाछन् । सरकारले राम्रो व्यवस्था गरेको भए उनिहरु आफ्नै गाउँ जान्थे, यहाँ बस्ने रहर कसैको छैन शिवले भने । देला र खाउला भनेर बस्नु भन्दा मरे मरुला भनेर केहिले शिविर छोडेर गाउँ फर्केका उनले जानकारी गराए । कयांैको गाउँमा घर छैन, भएको घर पनि कति वेला भिरले पुर्ने हो भन्ने त्रास छ । सरकारले पिडीतहरुलाई दिने भनेको राहत समेत नपाएको उनिहरुको गुनासो छ । गाउँमा बस्ने वातावरण बन्नेहो भने यती दुखले बस्दैनौ उनिहरुले बताए ।

प्रतिक्रिया