नेवारी संस्कृतिमा दसैँ

नेपालका आदिवासी नेवारहरूले परापूर्वकालदेखि मान्दै आएका विभिन्न चाडवाड मध्ये हो मोहनी नखः अर्थात् दसैँ । यो चाडको विशेष महत्व छ । आप्mनै मौलिक विशेषताले भरिएको नेवारहरूको ठूलो चाड दसैँ मनाउने सन्दर्भमा विभिन्न किसिमका संस्कार र संस्कृतिले भरिपूर्ण भइरहेको देखिन्छ । १७औँ, १८औँ शताब्दीमा ग्रीक सभ्यतामा विकसित भएर पनि लोप भइसकेका देवदेवीका नाच नोपलको उपत्यकामा आजसम्म पनि देवी नाचका रूपमा सञ्चालन भइरहेको छ ।
नेवारहरूले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दसैँ चाड मान्ने र विभिन्न देवीदेवताको जात्रा पनि गर्दै आइरहेको पाइन्छ ।

Jamaraजमरा राख्ने
दसैँको पहिलो दिन घटस्थापनाका दिन जमरा राख्ने भन्दै घरैपिच्छे आगम(पूजाकोठा) मा खोलाबाट बालुवा ल्याएर चोखो गरेर मकै, गहुँ, जौ, तिल आदि राखेर जमरा रोप्ने गरिन्छ । वसन्तपुर दरबार हनुमानढोका र विभिन्न टोलमा रहेका देवघरमा पनि जमरा राख्ने गरिन्छ ।

नवरथ जाने
Nawarathकाठमाडौंमा वनरात्रिभर नवरथ जाने भनी धिमे र विभिन्न बाजा बजाएर प्रतिपदादेखि विभिन्न तीर्थमा गई स्थान गरेर विभिन्न देवताको दर्शन गर्छन् । नवरथ जाने सन्दर्भमा प्रतिपदादेखि नवमीसम्म भक्तजनहरूले कमैसँग शंखमूलको शंकर तीर्थ–देवता श्री महालक्ष्मी, भचाखुसीको निर्मल तीर्थ–देवता दोला अजिमा, पचलीको पञ्चजाली तीर्थ–देगवता पचली भैरव, टोखाको मनोरथ तीर्थ–देवता इन्द्रायणी र मनमयजु पशुपतिको आर्यघाट तीर्थ देवता बद्धलादेवी, टेकु दोभानको चिन्तामणि तीर्थ–देवता सिकाली अजिमा, कंकेश्वरीको भवानी तीर्थ–देवता कंकेश्वरी र तलेजु भवानी, गुह्येश्वरीको शान्त तीर्थदेवता गुह्येश्वरीमा गएर नुहाएर विभिन्न देवीदेवताका दर्शन गर्छन् । यसरी विभिन्न तीर्थमा जाने सन्र्दभमा नागराजहरूलाई पनि मानेर दर्शन गर्छन् । यसरी मान्ने नागराजहरू मध्ये शंखपाल, अपलाल, तक्षक, भद्रपाल, सुन्दर, वरणपाल, बासुकी, वरुण, नन्द, अपनन्द र सोमसिकी नागराजहरू हुन् ।
त्यस्तै, ललितपुर, भक्तपुर र विभिन्न स्थानमा पनि नवरथ जाने भनेर नेवारहरूले ९ ओटा तीर्थमा गई नुहाएर विभिन्न देवीदेताको दर्शन गर्छन् । प्रतिपदादेखि नवमीसम्म दाफा भजन पनि गाउँछन् । कान्ता दबदब अर्थात् डमरु ९ दिनसम्म बजाएर आगमनमा पूजा गर्छन् । दसैँ अवधिभर मालश्री गीत गाउने र धुन बजाउने गरिन्छ । दुर्गा भवानीका विभिन्न रूपका देवीहरूलाई पूजा गर्ने सन्दर्भमा नवरात्रीको ९ रूप अनुसार शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धीदात्री देवीको पूजा गरिन्छ ।

पचिमह्र  :
आश्विन शुक्ल पञ्चमीका दिन पचिमह्र भनेर काठमाडौंको पचली भैरवको जात्रा गरिन्छ । खड्गधारी भैरव, त्रिशूल, ढाल मुद्रा अंकित शिरमा भगवान् बुद्धको मुखाकृति अंकित भएको तामाको ठूलो घ्याम्पोलाई नै पचली भैरव भनी पूजा गरिने हो । पचली भैरवको जात्रा गर्दा घ्याम्पो भित्र भने जाँड, रक्सी भरी राखेर घ्याम्पोलाई बोकेर जात्रा गरिने हो । यो जात्रा दलाछि, बकंछेंं, यंगाल, जैशीदेवल, नायट्पाच्वको ज्यापूहरूले पालैपालो चलाउँदै आएका छन् । पचली भैरवको जात्रा गर्ने खलकहरूले दसैँमा जमरा राख्दैनन् । पचली भैरवको जात्रासँगै दसैँ चाड परेकोले दसैँ नमान्ने पनि छन् ।

कुछिभ्वय्
आश्विन शुक्ल अष्टमीका दिन नेवारहरूले खाने भोजलाई कुछिभ्वय् भनिन्छ । यो दिन बिहानै समयवजी राखेर गणेश र घरको मूल ढोका अगाडि कुमारलाई पूजा गरेपछि आगममा पूजा गर्दा आआफ्ना पेसा अनुसारका ज्वाबल पनि राख्छन् । तान्त्रिक मतअनुसार नेवाहरूले आगममा पूजा गर्दा खड्ग पनि पूजा गर्छन् । मोहनी टीका पनि पार्छन् । बेलुका घरका जहान परिवार सबै साथै बसेर कुछिभ्वय् खान्छन् । केराको पातमा पुरानो कुरुवा मां कुलेचाले भरेर एक कुरुवा चिउरा रोखर भोज खाने गरेकाले यसलाई कुछि(करुवा)भ्यय् भन्ने गरिन्छ भने कसैकसैले कूल परिवार मात्र बसेर खाने भएकोले कुलछिभ्वय् पनि भन्ने गर्छन् ।

अशोक विनायकको जात्रा  :
आश्विन शुक्ल अष्टमीदेखि एकादशीसम्म अशोक विनायक मरु गणेशको खट जात्रा गरिन्छ । राजा लक्ष्मी नरसिंह मल्लले मरु सत्तल बनाउनुअघि अशोक नामक रुखमुनि गणेश स्थापना गरेकाले यो गणेशको नाम अशोक विनायक हुन गएको हो ।

राजाको आज्ञामुताविक तान्त्रिक जामनः गुभाजुले बौद्ध तान्त्रिक पद्धति अनुसार देवन्यास गरेर गणेशको जात्रा चलाएका हुन् भनिन्छ । असनको अन्नपूर्ण देवीको छोराका रूपमा अशोक विनायकलाई मान्ने गरिन्छ । अष्टमीका दिन बेलुका नाय्खिं बाजा बजाएर थकालीलाई ल्याएपछि देवघरमै गणेशलाई खटमा राखेर थकालीले पूजा गर्छ । थकालीले अम्बा, केरा, मुला, फूलको मालासहितले पूजा गरेर गणेशलाई ३ ओटा बोका बली दिएर खट जात्रा सुरु गर्छन् ।

श्रीकुमारीको रथयात्रा गरिँदा रथ तान्ने बाटो माथिल्लो टोल र तल्लो टोलमा अशोक विनायक गणेशको खट जात्रा गरिन्छ । राती ३२ थरी अन्न होम गरेर गणेशलाई राँगाको बली दिइन्छ । नवमीका दिन भक्तजनहरूले जाँड, रक्सी, समयवजी राखेर अन्डाको बली दिएर पूजा गर्छन् । दशमीका दिन खट जात्रा गरेर यट्वा, कंकेश्वरी र तहविल थकालीको घरमा धिमे, नाय्खिं बाजा बजाएर पूजा थाप्न जाने गर्छन् ।

अन्नपूर्ण देवीको जात्रा :
आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म असनको प्रसिद्ध अन्नपूर्ण देवीको जात्रा गरिन्छ । ने.सं. ६९६ को गीतिपुस्तिका र विभिन्न ऐतिहासिक अभिलेखमा आसामण्डप भनेर लेखी राखेकोले त्यसैको अपभ्रंश भएर यो स्थानको नाम असन हुन गएको हो भनिन्छ । चाँदीको कलशलाई अन्नपूर्ण देवीको मूर्तिका रूपमा मान्दै आएको छ । प्यागोडा आकारको तीन तल्ले पित्तलको कलात्मक मन्दिरभित्र विराजमान भइरहेकी यी देवीलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकको रूपमा लिइएको छ । हिन्दूहरूले अन्नपूर्ण देवी र बौद्धहरूले वसुन्धरा देवीका रूपमा मान्दै आएको यी अन्नपूर्ण देवीका ८ हात छन् । दाहिने ४ हातमा खड्ग, बज्र, वरद मुद्रा र कचौरा छन् भने देव्रे हातमा विन्दु मुद्रा, जय माला, घन्टा र कलश समाती कमलको फूलको आसनमा बसिरहेकी र मान्छेको टाउकाको माला पहिरिएको देखाइएको छ । यस्तो चित्र मन्दिरको टुँडालमा कुँदिएको देखिन्छ ।

नवमीदेखि द्वादशीसम्म जात्रा चलाउने क्रममा भोटाहिटीमै भएको देवघरबाट ज्यापु गुठियारहरूले अष्टमीका दिन अन्नपूर्ण देवीलाई राँगो बलि दिन्छन् । देवीलाई भोग दिएको हेर्न हुँदैन भनेर देवीको मन्दिर जाने सबै बाटो बन्द गरिएको हुन्छ । अन्नपूर्ण देवीलाई दशमीका दिन खटमा राखेर बाजा बजाउँदै जात्रा गरेर घरैपिच्छे पूजा गराउन लगिन्छ । त्यस्तै द्वादशीका दिन कुमारीको रथ तान्ने बाटोमा गुठियारका छोरी चेलीका घरघरमा लगेर पूजा गराइन्छ र नगर परिक्रमा गराएर देवीलाई साँझ देवघरमै भित्र्याइन्छ । अन्नपूर्ण देवीको यो जात्रा किरातकालदेखि चल्दै आएको हो भन्ने अनुमान गरिएको छ ।

हाँडीगाउँमा नारायणको जात्रा :
Hadigaun Jatraहरेक वर्ष दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि ३ दिनसम्म नारायाणको जात्रा गरिन्छ । नारायणको जात्रा भने पनि ब्रम्हा, विष्णु र महेश्वरका खटको जात्रा गरिन्छ । उल्टो खटको जात्रा गरिने भएकोले कहीँ नभएको जात्रा भैmँ मैनको फूल बनाएर देवतालाई चढाउने गरिन्छ । प्रतिपदाका दिन मुख्य जात्रा गरिने यो जात्रामा देवताको खट नै उल्टो बनाएर जात्रा गरिने भएकोले कहीँ नभएको जात्रा हाँडीगाउँमा भनिएको हो । तीनओटा देवताको खटको सबैभन्दा माथि हिमालय पर्वत जस्तै बनाएर सेतो कपडा र कपासले बेरिराखेको हुन्छ । हिमालय पर्वतमा देवता बस्छन् भनेर सबैभन्दामाथि देवता राखिएको हुन्छ भने हिमालय पर्वतको तल महाभारत पर्वत भनेर जंगल जस्तै बनाएर धूपिका बोट, रुखका हाँगा र फूलका माला राखिएको हुन्छ । अनि ३ तहमै मैनको पूmल चढाएर सिंगार गरेर राम्रो पारेर कतै नचढाइने पूmल देवतालाई चढाएको हुन्छ । अनि उल्टो पारेर राखेको देवताको खटलाई डोरीले खटलाई घुमाउँदै जात्रा गर्छन् ।

कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने सन्धर्भमा एउटा किंवदन्ती पनि छ । एकपटक गर्भवती भएका २ दिदीबहिनी एकान्तस्थानमा बसेर कुराकानी गर्दै थिए । दिदीले भनिछे, ‘बच्चा जन्माउन धेरै गाह्रो हुने हो कि ? मेरो त नाराणण देवता सहारा हुनुहुन्छ, उहाँकै भरोसा लिइरहेकी छु ।’ यो कुरा सुनेर बहिनीले भनिछे, ‘भगवान् सगवान् आएर बच्चा जन्माई दिने हो र ? मैले त आपैmँले बच्चा जन्माउन सक्छु ।’

समय भएपछि दिदीले सजिलै बच्चा जन्माइन् रे ! अनि देवतालाई विश्वास नगर्ने बहिनीचाहिँले १२ महिना भए पनि बच्चा जन्माउन सकिनन् रे ! ज्योतिषलाई देखाउँदा बहिनीले भगवान्को विश्वास नगरेको र अपमान पनि गरेकाले त्यस्तो भएको हो, देवतासँग माफी माग्नुपर्छ भनेछन् । ज्योतिषको सल्लाहअनुसार बहिनीले नारायण भगवानलाई खुसी पार्न संसारमा कहीँ नभएको जात्रा गर्ने र कतै नभएको पूmल चढाउने भाकल गरिन् रे ! त्यही समयदेखि हाँडी गाउँमा उल्टो खटको जात्रा गर्ने र मैनको पूmल चढाउने चलन भएको हो भनिन्छ । यही जात्रामा हाँडीगाउँको भैरवलाई राँगो बली दिएर नाय्खिं र म्वाय्ली बाजाको तालमा नाच्दै मनाइने यो जात्रालाई प्राकृतिक जात्राका रूपमा पनि लिने गरिन्छ ।

गणनाच :
दसैँअघि आश्विन कृष्ण दशमीको रातीदेखि भक्तपुरको नवदुर्गा गणको नयाँ मुुकुट बनाएर देशका विभिन्न स्थानमा नचाइन्छ । भक्तपुर राजधानी भएको बेलादेखि काठमाडौंको पशुपति, हनुमानढोका, पाटन दरबार, बनेपा, पनौतीका विभिन्न स्थानमा गणनाच नचाउने परम्परा रहेको हो । राजा शिवदेवको पालामा भक्तपुरको गणनाथ काठमाडौंको पशुपति क्षेत्रमा ९ वटा शिवलिंग, ९ वटा कुण्ड, ९ वटा टोल र ९ थरी जातका नेवारहरू भएको स्थानमा गणनाच रातभर नचाइरहेको बेला बिहान हुँदै आएकोले राजराजेश्वरी घाटमा नवदुर्गा भवानीको देवघाट बनाएर नवदुर्गाको स्थापना गरिएको हो भनिन्छ ।

sanaya bajiपाशुपत क्षेत्रमा १२ वर्षमा एकपटक दसैँको समयमा पाटनको हरिसिद्धि गण नाच, ठिमी बोडेको नीलबाराही नाच नचाउने परम्परा पनि छ । त्यस्तै १२ वर्षमा एकपटक दसैँको टीकाका दिनदेखि वर्षदिनसम्म पचली गण नाच नचाउने परम्परा छ । सो गण नाच राष्ट्रप्रमुखको हातबाट पचली भैरवसँग खड्ग साटेपछि मात्र सुरु हुन्छ ।

५ वर्षमा एकपटक मखन तारिणी बहाल सिंह दोबाटोमा भद्रकालीसँग राष्ट्र प्रमुखले खड्ग साट्ने गरिन्छ भने १२ वर्षमा एकपटक दसैँमा काठमाडौंको भूतिसः मरु सत्तल अगाडि पचली भैरवसँग राष्ट्रप्रमुखले खड्ग साट्ने गरिन्छ । दशमीको राती यसरी खड्ग साट्दा राज्य स्थिर हुने र देशमा शान्ति कायम हुने मान्यता रहिआएको छ ।

पाटनको थेचोमा १२ वर्षमा एकपटक नचाइने नवदुर्गा गण नाच पनि दसैँको पूर्णिमादेखि नचाइने गरिन्छ । दसैँको टीका र पूर्णिमाका दिन नचाइने थेचोको नवदुर्गा नाच १६ वर्षदेखि रोकिरहेकोमा गत वर्षदेखि पुनः नचाउन थालेको हो । पाटन दरबारको मूलचोकमा यो नाच नचाइन्छ । थेचोदेखि पाटन दरबारसम्म ल्याएर नवदुर्गा भवानीको नाच नचाइने परम्परा रही आएको छ । त्यस्तै दसैँको समयमा खोकनामा सिकालीको जात्रा गरिन्छ ।

स्याक्वत्याक्व (कालरात्री)
आश्विन शुक्ल नवमी दसैँको मुख्य दिन हो । अष्टमी र नवमीको रात्रीलाई कालरात्री भनी देवी शक्तिको पूजा गरिन्छ । यो दिन नेवारी संस्कृति अनुसार स्याक्वत्याक्व भनेर धनधान्य र अस्त्रशस्त्रको सधैँ स्थिर भएर रहन पाइयोस् भन्ने उद्देश्यले विभिन्न देवदेवीलाई कुखुरा, हाँस, बोका, राँगो बली दिइन्छ । यसका साथै गणेश र भैरवलाई पनि बली दिएर पूजा गरिन्छ । घरैपिच्छे आगममा पूजा गर्दा पनि नेवारी संस्कृतिअनुसार चामल, चिउरा, घण्ट, साँचो, पुस्तक, कुटो कोदालोका साथै आआफ्ना पेसा अनुसार सामग्री राखेर पूजा गरेर यो दिन माटोको भाँडोमा मोहनी टीका थाप्छन् । नेवारी संस्कार अनुसार मोहनी टीका थापेर तन्त्र साधना गर्ने दिन भएकोले नेवारीमा दसैँलाई मोहनी भन्ने गरिएको हो । यो दिन विभिन्न कलकारखाना, कार्यालय, पसल, मेसिन र सवारी साधनलाई पनि बलि दिएर पूजा गर्ने चलन छ । आगममा पनि बलि दिने चलन छ । यो दिन वसन्तपुर दरबारमा तलेजु भवानीलाई १ सय ८ सरकारी र अन्य गरेर हजारौँ राँगा, बोका बली दिने गरिन्छ ।

दशमी :
दशमीका दिन घरैपिच्छे थकालीले वहान सबेरै चोखोनितो गरेर आगममा दसैँको पूजा गरेर फूलप्रसाद झिक्छन् । दसैँको फूलप्रसाद लिएर मोहनी गरिराखेको कालो टीका लगाएमा आगम देवताको देवत्व प्राप्त भएर सिद्धि पाइन्छ भन्ने मान्यता छ । थकालीले जहान परिवार सबैलाई क्रमैसँगै टीका लगाई दिएर फूलप्रसाद दिने गर्छ । सबैले पञ्चमकारको प्रसादका साथै देवीको प्रसाद समयवजी खाने गर्छन् । यो दिन रातो वस्त्र लगाएकी कुमारी, पहेँलो वस्त्र लगाएकी वसुन्धरा, सुन्तला रङको वस्त्र लगाएकी अजिमा देवी र नीलो वस्त्र लगाएका भैरवको पायाः निकालिन्छ । असनको पायाः भने एकादशीका दिन मात्र निकालिन्छ ।

पाया
नेवारहरू शक्तिका उपासक हुन् । त्यसो भएर नै नेवारहरूले आफ्नो शरीरमा देवता भित्र्याएर अर्थात् जगाएर आफ्नो इच्छा पूरा गर्ने गर्छन् । हातमा खड्ग लिएर आगम घरबाट निस्कने पायाः हुने मानिसको शरीरमा देवता चढेको देखिन्छ । आगाम र नियमतन्त्रको विधि अनुसार साधना गरेर खड्ग जगाएर पायढाः निकालिने हो । राजा गुणकाम देवले काठमाडौं देशको चारैतिर स्थापना गरिाखेको अष्टमातृका पीठ जगाउन पायाः निकाल्ने चलन चलाएका हुन् भनिन्छ । मल्लकालीन राजा हरिसिंह देवले भक्तपुरको तलेजुबाट निकालेको पायाः का सथौ थर र गोत्र अनुसार आगमघट र एकादशीका साथै ५ प्रकारका पायाः निकालिने गरिन्छ । उपत्यकाका पायाः टेबहाल, महाबौद्ध, बटु, कोहिटी, पाटन, भक्तपुर, कीर्तिपुर, साँखु, टोखाका साथै वसन्तपुरको तलेजु पायाः निकालिन्छ । गणेश, भैरव र अष्टमातृका देवीका प्रतीकको रूपमा पायाः निकालिँदा अष्ट भयबाट मुक्त भइन्छ भन्ने जनविश्वास छ ।

कोजाग्रत पूर्णिमा :
आश्विन शुक्ल चतुर्दशीका दिन काठमाडौंको श्रीधः विहारमा दीपावली गरिन्छ भने पूर्णिमाका दिन बेलुका कौसी र बुइँगलमा मत्र्य मण्डप बत्ती बालेर रात्रीमा घुम्न आउने महालक्ष्मीको पूजा गरिन्छ । बाँसको टुप्पामा आकाश दीप झुन्ड्याएर रातभरि जाग्राम बसने मौलिक परम्परा छ । पूर्णिमाको रातमा को को जाग्राम बसेका छन् भनी महालक्ष्मी देवीले हेर्न आउने भएकोले यो पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिएको हो ।

दसैँको टीकादेखि पूर्णिमाका दिनसम्म दसैँको टीका लगाउन नखत्या भोज खुवाउने नेवारी परम्परा छ । आफ्नो परिवार वा आफन्तसँग रहेको सम्बन्धलाई बलियो बनाइ राख्न यो दसैँ चाडलाई दैवी शक्तिको आशीर्वादका रूपमा नेवारहरूले मनाउँदै आइरहेको पाइन्छ ।

प्रतिक्रिया