उस्ताद सुदर्शन

bimalaशास्त्रीय संगीत विधामा पनि एक छुट्टै विशेष वाद्यवादन ‘सरोद’ वादनमा आफ्नो अलग पहिचान बनाउन सफल व्यक्तित्व हुन्, उस्ताद सुदर्शन राजोपाध्याय । उनी संगीतकार, गीतकार, कलाकार एवं शास्त्रीय संगीतका अतिरिक्त ‘संगीत मञ्जरी’ उपाधिबाट समेत चिरपरिचित छन् । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा उस्ताद एसराजका नामले चिनिन्छन् ।

यी शास्त्रीय संगीतका राष्ट्रका गहना उस्ताद सुदर्शन राजोपाध्यायले भारतबाट सरोद वाधनका शिक्षा पाएका उनी सानै उमेरदेखि आफ्नो पिता शास्त्रीय संगीतका संगीतज्ञ पं.एसराज जलेसानन्द राजोपाध्यायबाट तबला वादन र हार्मोनियम सिकेका हुन् । यसरी संगीत सागरमा पौडी खेल्दै ‘सरोद’ वादनमा उस्ताद उपाधि पाइसकेका उस्ताद एसराजले सरोद वादन नै किन रोजे भन्ने बारेमा यस्तो प्रतिक्रिया दिए, एकदिन पितासँग अलइन्डिया रेडियो शास्त्रीय संगीत कार्यक्रम सुनिरहँदा एउटा सुरुको कर्णप्रिय धुन बज्यो उनले पितासँग सोधे यो धनु सरदको भनी जवाफ पाउँदा उनले निर्णय गरे म पनि यही सरोद वादन सिक्छु भनेर ।

उनको इच्छालाई पूरा गर्न पिताले इन्डिया सरोद किन्नुका साथै त्यही संगीत विद्यालयमा पनि भर्ना गरिदिउछन् । आफ्नो इच्छाको विषय भएकोले उनले रातदिन नभनी बजाउँदा बजाउँदै धेरै मेहनत गरी राम्रो ज्ञान हासिल गरे । २०४४ सालदेखि रेडियो नेपालको प्रत्यक्ष प्रसारण दैनिक एक घन्टाको शास्त्रीय संगीत कार्यक्रममा उनले सरोद बजाई आफ्नो स्रोताहरूलाई संगीतमयी आनन्द दिँदै आएका उस्ताद एसराज २०५९ सालको रेडियो नेपालद्वारा आयोजना गरिएको जिल्लाव्यापी संगीत प्रतियोगितामा पनि प्रथम स्थान हासिल गर्न सफल भए ।

उस्ताद एसराज सरोद वादनमा मात्र नभई उनी आफ्नो गायन क्षेत्रमा पनि उत्तिकै सफल छन् । उनले आफ्नो रचना तथा संगीतमा एकल गायन सोलो सिडीहरू पनि बजारमा ल्याएका छन् । नेपालीमा पलपल, पानीसरी, नेपाल भाषामा नसला, हसना, छन्हू, निन्हू, छंगुलुमान्तिइ छ भने शास्त्रीय संगीतमा उनको सिडी म्युजिक फोरमेडिटेसन निस्किसकेको छ । साथै उनको द गोल्डेन कलेक्सन अफ एस राजोपाध्याय सिडीले त उनी पप, नेपाली, नेवारी, जापानिज साथै राष्ट्रिय गीत, भजन, आधुनिक गीतका गायक एवं शास्त्रीय संगीतका धनी भएको प्रमाणित गरेको छ । उनी विगत वर्षहरूमा नेपालभाषाबाट एफएममा कार्यक्रम पनि सञ्चालन गरिसकेका छन् ।

उनले भनेअनुसार शास्त्रयि संगीतमा यी विभिन्न बाजाहरू हुन्छन् जस्तैः सरोद, हार्मोनियम, दिलरुवा, इसराज, वीणा, तवला, भ्वाइलिन, सीतार, तानतुरा, इत्यादि हुन् । उस्ताद एसराज भन्छन्, संगीत एक सबैले बुझ्ने विश्व भाषा हो । जुन भाषा आनन्द र शास्त्री मनले बुझिन्छ । अझ शास्त्रीय संगीतले हाम्रो मस्तिष्कमा शान्ती दिइन्छ, आनन्द दिई दुःख सबै बिर्सेर मनलाई औषधिको रूपमा साहारा दिइराखेको हुन्छ । जस्तो ध्यान गर्ने बेलामा सबै सांसारिक दुःखलाई बिर्सेर आनन्द हुन्छ त्यस्तै संगीतले पनि हामीलाई आनन्दमयी बनाउँछ, मन्त्रमुघ्ध बनाउँछ ।

ustadशास्त्रीय संगीत र अरू संगीतको फरकमा उनले भने, ‘शास्त्रीय वाद्यवानबाट एकाग्रह हुन शक्ति प्रदान गरेको हुन्छ । यसमा ताल, सुर, लय, विलम्वित, मध्यलय, द्रूतगती इत्यादि किसिमको आफ्नै छुट्टै नियममा बाँधिएको हुन्छ ।’ यसमा विट हुँदैन, त्यसैले डिस्टर्ब हुने संगीतका भाव हुँदैन, त्यसैले विदेशमा यस्तो संगीतको माग बढी हुन्छ । ठीक त्यसको विपरित अर्को संगीतमा विट हुन्छ, हल्लाखल्ला, नाच्ने, हातखुट्टा चलाउने खालको हुन्छ । शास्त्रीय संगीत विट् नभएको सोलफुल आलाप मात्र हुने नरम संगीत हो ।

सरोद वादक उस्ताद एसराज नेपालमा मात्र होइन भारतका विभिन्न ठाउँ जस्तोः कोलकाता, असतला, त्रिपुरा, पश्चिम बंगाल इत्यादि ठाउँहरूमा प्रख्यात छन् । साथै विभिन्न मानसम्मानहरू पनि पाइसकेका छन् ।

सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट उनलाई ‘संगीत मञ्जरी’ उपाधि प्रदान गरेको थियो । भारतबाटै धेरै उपाधिका र पदवीका साथै उनले उस्ताद उपाधि पनि पाएका इन्डियाका यी विभिन्न उपाधिमध्ये सबैभन्दा बढी जुन गुजरातमा स्वामीज्यूले सम्मान प्रदान गरेका थिए । त्यस्तै नेपालमा विभिन्न संघसंस्थाबाट रसियन अल्पलबाट, कुंभथाः महिला समूहबाट तथा अन्य ठाउँबाट पनि सम्मान पाइसकेका छन् ।

उनी भन्छन्, सरोद वादनलाई विकाश गर्नलाई संगीत विषय भएको कलेजहरूमा पनि सरोद वादन विषय राख्नुपर्छ । हाल कलजेहरूमा भोकल, सितार, तवला आदि मात्र सञ्चालन भइराखेको छ । तर, एक्लैको प्रयासले केही गर्न नसकिने उनको धारणा छ । आफू गर्न सक्ने विकास क्रममा ठाउँठाउँमा कार्यक्रमहरू सञ्चालन गरी राखेकोमा बजाउन गर्छन् । जस्तै किराँतेश्वर संगीत आश्रम, कपन संगीत आश्रम, इन्दिरा संगीत महाविद्यालय, यलमाया केन्द्रको शास्त्रीय संगीत कक्ष, बत्तीसपुलीको शिल्पी थेटर, डिएभी सकुलको बुद्धहल इत्यादि ठाउँमा सरोद वाद्यवाद गर्दै आएका छन् ।

नयाँ कार्यक्रमको बारेमा जिज्ञासा राख्दा उनी भन्छन्, ‘यही आउँदो असोज ३० गते साँझ ५ बजे कपन संगीत आश्रममा शास्त्रीय संगीतको कार्यक्रममा सरोद वादन गर्ने, सरोद यस्तो वाद्यवादन हो जसमा सबै वाद्यवादनको धुनको समिश्रण भई बज्छ, यसको आवाज सुरिलो राम्रो आनन्ददायी हुन्छ । हुन त यो सिक्नु, सिकाउन र बजाउनु पनि गाह्रो छ ।

ustad2हामीले हरेक विद्याका यस्ता स्रष्टाहरुलाई सम्मान गरी राख्न सकियो भने हाम्रो देशमा बढीभन्दा बढी कलाकारहरूको जन्म हुन्छ । कलाकारहरू नै राष्ट्रका गहना हुन् ।

यही दसैँको लागि एउटा मालश्री धुनमा मोहनी, नखावल, बालाम्ह, मयजु द्यँेयाके बल’ बोलको गीत रेर्कडिङ हुँदै छ र आफूले लेख्नुभएका गीतहरू संकलन गरी एउटा किताब पनि निकाल्ने विचार गर्नुभएको छ । उक्त कार्यक्रममा प्रवेश निःशुल्क रहेकोले सम्पूर्ण संगीत पारखीहरूलाई उपस्थिति हुनु पनि सादर अनुरोध गर्छन्, उनी ।

प्रतिक्रिया