लीलाकुमारीलाई पीडैपीडा

lalkumariतल छङछङ बगिरहने मेलम्ची खोला त्यही खोलाको किनारको पाँच मिनेटमाथि उकालो गएपछि आउँछ लीलाकुमारी देउजाको घर । यही घर कुनै दिन खुसी र उमंगले भरिभराउ हुन्थ्यो, आज यही घर पीडा, व्यथा र वेदनाले छटपटाइरहेको छ । बर्खाको समय वरपर जंगल घेरिएको त्यहीनजिकैको बारीको छेउमा टिनले नै बारेर बनाइएको टहरा देखिन्छ तर यसभरि कहालीलाग्दो कथा लुकेको छ । वर्षामा टहराभित्र पानी चुहिन्छ, रातभर रुजेरै कयौँ रातहरु बिताइरहेका छन् लीलाकुमारीका आमाछोरीहरु ।

हेर्दा कालो वर्ण ५० वर्षकी लीलाकुमारीका सातवटी छोरीहरु छन् छोरा पाउने आसैआशामा सातवटी छोरी जन्मिए । छोरो नजन्मिएकै कारण गाउँले र छरछिमेकीबाट उनीहरुले अपहेलित हुनुपरेको तीतो अनुभव सँगालेका थिए कुनै दिन । तर, समयको बहावसँगै यी दम्पतीले बिस्तारै सातवटै छोरीहरुमा छोराकै प्रतिछाया देख्न थालिसकेका थिए । सात छोरीसँगै सिन्धुपाल्चोकको तालामाराङ गाविसस्थित सानो घरमा दु.खसुख जीवन गुजारा गरिरहेका थिए । समय सधैँ एकनाशको नहुने रहेछ, अतीतका मीठा पलहरु सम्झनामै सीमित हुँदारहेछन् । ६ वर्षअघि श्रीमान्को हृदयघातबाट निधन भयो । त्यसपछि लीलाकुमारीको जीवनमा विस्तारै दुःखका दिनहरु प्रवेश गर्न थाले । सिंगो जीवन उनी एक्लैले बिताउने मात्र होइन, सातजना छोरीहरुको भविष्य र वर्तमानको जिम्मेवारी उनकै काधमाथि आइलाग्यो । जेठी छोरीको बिहे लीलाकुमारीका श्रीमान् हुँदै भएको थियो । बाँकी छोरीमध्ये दुईवटीको बिहे आफँैले जसोतसो गरिदिइन् । आम्दानीको स्रोत केही नभएकाले उनलाई दैनिकी चलाउन नै मुस्किल छ । भएको जग्गाजमिनमा काम गरेको खेतीपातीले पाचँ महिनासम्म त खान पुग्छ, त्यसपछिको दैनिक गुजारा चलाउनै कठिन छ । ‘श्रीमान् जीवित भएका बेला त खेतीपातीको कामबाट फुर्सद निकालेर मजदुरी गथ्र्यौँ, खान र लाउनको दुःख थिएन,’ ती दिन सम्झँदै उनी तरक्क आँसु झार्छिन् ।

तीन दिदीहरुको बिहे भएपछि घरको दैनिकी चलाउने अभिभारा काहिँली छोरी जानुकाको थाप्लोमा आइपरेको थियो । आमा दमको रोगी वर्षभर खेतीपाती गरे पनि खान नपुग्ने आपूmभन्दा मुनिका दुई बहिनीको भविष्यप्रतिको जिम्मेवारी र चिन्ता ।

जसोतसो अध्ययनलाई अघि बढाएकी थिइन् जानुकाले । एसएलसीपछि उच्च शिक्षाका साथै जागिर खाएर घरको जिम्मेवारी पूरा गर्ने उद्देश्यले काठमाडौंको सिंग्मा कलेजमा अध्ययन गर्दै एक निजी संस्थामा जागिर खान थालिन् । उनको पढाइ पनि राम्रो बन्दै गयो र घरको आर्थिक गर्जो पनि टर्दै गएको थियो । जानुकाको यो मिहिनेत र सफलताले जीवन रंगीन बन्ने आशामा त्यो परिवार मक्ख थियो । तर, दैवलाई यो कुरा सैह्य भएनछ । पतिको निधनपछि सहाराविहीन बनेकी लीला छोरीको सफलतासँगै रमाएकी मात्र थिइन्, उनलाई मिहिनेती छोरीप्रति उनी गर्व थियो । वैशाख १२ को भुइँचालोले सारा सपना उडाइदियो । उनको जीवनमा सहाराको डोरी चुँडाइदियो । उनको जीवनमा झन् ठूलो ब्रजपात थपियो ।

lalkumri2कुरा गर्दागर्दै गहँभरी आँसु पारेर आप्mनो दुखेसो पोख्छिन्, ‘म बिरामी भएको थाहा पाएपछि छोरी काठमाडौंको राम्रो अस्पतालमा लगेर औषधी गर्ने भन्दै लिन आएकी थिई, माइली छोरी मेलम्ची बस्ने हुँदा बिहानको खाना उतै खाएर आउने भनेपछि मैले खाना बनाएकी थिइनँ बारीमा दुई छोरीका साथमा काम गर्दै थिएँ । उनीहरु आइपुगे । जानुका बारीमा एकछिन कुरा गरी र झोला घरमा राखेर आउँछु भन्दै गई । ऊ घरमा पुग्नासाथ पूरै जमिन हल्लिन थाल्यो । हेर्दाहेर्दै पूरै छानो गयो, घरको पुरै गाह्रो भत्किन थाल्यो । भुइँचालोले घरको गाह्रो र धुरी मात्र होइन, मेरो जीवनको खुसी पनि उडाइदियो । एक्काइस वर्षीया जवान छोरीले आफ्नै आँखा अगाडि आपूmलाई
छोडेर गई ।’

भूकम्पसँगै लीलाकुमारीको जीवनमा झन् ठूलो चुनौती थपिएको छ । कमाएर पाल्छु भन्ने छोरीको मृत्युपछि उनको जीवन अन्धकार भएको भएको छ । उनी भन्छिन्, ‘भूकम्पले मैले मेरो एउटा सन्तान मात्र होइन, जीवन साहारासमेत गुमाएकी छु ।’ भूकम्पले पूरै क्षतविक्षत घर देखाउँदै उनी भन्छिन्, ‘छोरी गुमाएँ, अब आठ वर्ष र १२ वर्षका दुई छोरी छन्, आपूm पनि उमेर ढल्कँदै गएकाले काम गर्न सक्न छोडेँ । अबका दिन झनै कठिन छन् तर पनि मानिस भएर जन्मिएपछि हरेक दुःखलाई सामना गर्नु नै पर्ने रहेछ ।’ उनमा जीवनप्रतिको सकारात्मक सोच कायमै छ । उनी भन्छिन्, ‘खुसीले बाँच्न नसके पनि अप्ठ्याराहरुलाई छिचोल्दै जीवन गुजारा त गर्नै प¥यो ।’

प्रतिक्रिया